दिक्तेलबजारबासीलाई फोहोरमैला संकलन कार्ड
मंसिर १० सोमवार, २०७५
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलबजारबासीलाई फोहोरमैला संकलन कार्ड वितरण सुरु गरेको छ । ‘सफा र सुन्दर नगरपालिका’ निर्माणका लागि अभियान थालेको नगरपालिकाले दिक्तेलबजारभित्र बसोबास गर्ने घरमुली तथा व्यवसायीलाई फोहोर संकलन कार्ड वितरण सुरु गरेको हो ।
दिक्तेल बजारको रत्नपार्कदेखि हाटडाँडा क्षेत्रमा क्रियासिल ६ वटा टोल विकास संस्थासँगको सहकार्यमा नगरपालिकाले आईतवारदेखि फोहोर संकलन कार्ड वितरण थालेको जनाएको छ । ५ सय रुपैयाँ शुल्क तोकिएको कार्ड दिक्तेलबजारका सम्पूर्ण घरमुली र व्यवसायीलाई अनिवार्य गरिएको छ ।
दिक्तेलबजार आसपासका पुरानो फोहोर ल्याण्डफिलसाईटमा लगेर फालिएपछि दैनिकजसो निस्कने फोहोरमैला कन्ट्रयाक्टर कालिका फोहोरमैला व्यवस्थापन तथा प्रशोधन प्रालिमार्फथ व्यवस्थापनका कामका थालिए पनि सो कामले निरन्तरता पाउन नसकेको स्थानीयको गुनासो छ । बजार क्षेत्रमा जथाभावी मिल्काइएका फोहोरमैला हटाउन अभियान थालिए पनि जथाभावी फोहोरमैला मिल्काउने समस्या यथावत देखिएको छ ।
खोटाङबजारबाट २०२२ सालमा सदरमुकाम सारिएको दिक्तेलस्थित जयपुरेडाँडामा २०६३ साल यता नियमित फोहोरमैला थुपार्ने गरिएको छ । सरसफाई अभियान चलाइएपनि स्थानीयले मादक पदार्थका बोतल, शिशा, प्लाष्टिक, धातुका टुक्रा लगायतका फोहोरमैला थुपार्दा जयपुरीडाँडामा पुःन फोहोरमैलाको थाक लागेको छ ।
स्थानीय तहको निर्वाचन अघि जिल्ला समन्वय समिति, प्रशासन, तत्कालिन नगरपालिकाको कार्यालय लगायतको सहकार्यमा जयपुरीडाँडाको फोहोर हटाइए पनि स्थानीयले पुःन फोहोर थुपार्दै आएका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



