साप्सु कालिका देविस्थान लिफ्टिङ खानेपानी योजना शिलान्यास

खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका साप्सु खोलाको पानी गाउँमा निकालेर वितरण गर्नेगरी लिफ्टिङ खानेपानी योजना शिलान्यास गरिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ खाल्ले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ लफ्याङमा खानेपानी सुविधा विस्तारका लागि मेवा दोभान साप्सु कालिका देविस्थान लिफ्ङि खानेपानी योजना शिलान्यास गरिएको हो । साप्सु खोला किनारमा संविधानसभा सदस्य अर्जुन राईले विधिवत लिफ्टिङ खानेपानी योजना शिलान्यास गरेका हुन् ।
साप्सु खोलाको पानी पाचँ हजार एक सय मिटरमाथि रहेको मझुवागढी देविस्थानमा निकालेर दुई हजार ३८२ घर धुरीलाई वितरण गर्ने गरी लिफ्टङ खानेपानी योजना सुरु गरिएको हो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आायोजनाको कार्यालय खोटाङ मार्फत ५४ करोड ६७ लाख ९० हजार ७१६ ‐भ्याट तथा पिएस सहित ) रुपैयाँ मृत सञ्विनी –सगरमाथा जभी, काठमाण्डौले लिफिटङ खानेपानी योजनाको ठेक्का लिएको हो ।

निमार्ण कम्पनीले आगामी २०८२ भदौ ४ गतेसम्मा सम्पन्र गर्नेगरी २०७९ साउन २२ गते लिफ्टिङ खानेपानी योजना सम्झौता गरेको हो ,। मृत सञ्विनी –सगरमाथा जभीले २०७९ भदौ ५ गतेदेखि काम सुरु गरेको जनाएको छ ।