कृष्णश्री राईको सातै सुरको सरगम सार्बजनिक

ललित राई
खोटाङ: २६ पुस
साहित्यकार तथा गीतकार कृष्णश्री राईको गीत ” सातै सुरको सरगम तिमी हौ” को म्युजिक भिडियो सार्बजनिक भएको छ।प्रबिण बेडवालको स्वर,शंकरसिंह ठकुरीको सङ्गीत र बबुल गिरीको म्युजिक अरेन्जमा रहेको उक्त गीतको भिडियो कुमार गजुरेलले निर्देशन गर्नुभएको हो।सात महिनाअघि “मोबाइल भिडियो” को रूपमा सो गीत सार्बजनिक गरिएकोमा सोमबार ” कुमार गजुरेल” युट्युब च्यानलमार्फत परिस्कृत म्युजिक भिडियो सार्बजनिक गरिएको छ।प्रेमिल जिन्दगी र त्यसले जीन्दगीमा छर्ने सौन्दर्यलाई लिपिबद्द गरिएको उक्त गीतको भिडियोले बर्तमान र बिगतलाई प्रेमिल धागोले बाँधेको र यसैमा बाँच्ने आधार रहेको देखाउछ।साँचो मायालाई समय र मृत्युले समेत दुर नगर्ने मर्मस्पर्शी दृष्य भिडियोमा देख्न सकिन्छ। कर्णप्रिय स्वर र सुमधुर सङ्गीतमा गीतकार राईको बिम्बात्मक प्रस्तुतिले गीत थप मिठास बनेको यस गीतका स्रोताहरू बताउँछन। गीतमा गिरी बिश्वकर्मा,तुलसी बिश्वकर्मा ,बालकलाकार लुनिभा श्रेष्ठ लगायतको अभिनय रहेको छ।