सावाकटहरेमा अन्तरपालिका वडास्तरीय भलिबल प्रतियोगिता हुने
ललित राई
खोटाङ: २९ पुस
खोटेहाङ गाउँपालिका वडा नम्बर ३ सावाकटहरेस्थित युवा तथा खेलकुद समितिद्वारा अन्तरपालिका वडास्तरीय पुरूष भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ।
आगामी माघ १३देखि १६ सम्म सन्चालन हुने सो प्रतियोगिता सावाकटहरे ठाँटीभन्ज्याङ खेलमैदानमा आयोजना गर्न लागिएको हो। सहभागिताको लागि टिम दर्ता गर्ने समय माघ १ देखि माघ १३ सम्म तोकिएको छ।प्रतियोगितामा प्रथम र दोस्रो स्थान हाँसिल गर्ने टिमलाई ट्रफी मेडलसहित क्रमश:६१ हजार र ३१ हजार प्रदान गरिने आयोजकले जनाएको छ।यस्तै सेमिफाईनल लिस्टका २ टिमलाई १५ हजारको दरले नगद पुरस्कार प्रदान गरिनुको साथै मेडल प्रदान गरिने छ। प्रतियोगिताको उत्कृष्ठ खेलाडी,उत्कृष्ठ डिफेन्डर र अनुशासित खेलाडीलाई मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिने आयोजकको जनाएको छ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



