कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा भूपेन्द्र राई नियुक्त

खोटाङ / प्रदेश १ मा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा भूपेन्द्र राई नियुक्त भएका छन्।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सोमबार राईलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्। प्रमुख सचेतकमा नियुक्त राई कांग्रेस प्रदेश १ महामन्त्रीसमेत हुन्। उनी खोटाङ प्रदेश ‘ख’बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

प्रदेश १ को प्रदेश सभामा कांग्रेसका २९ सांसद छन्।

प्रदेश सांसदअघि २०७४ को स्थानीयतह निर्वाचनमा उनले दिप्रुङ चुइचुम्मा गाउँपालिकाकाे अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।