बचत रकम फिर्ताको माग गर्दै लालुपाते सहकारी विरुद्ध बिरोध प्रदर्शन

 

खोटाङ, माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित लालुपाते बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताले बचत रकम फिर्ताको माग गर्दै बिरोध प्रदर्शन गरेका छन् ।
बचत अपचलनका कारण संकटमा फसेको सहकारीका बचतकर्ताले डुबेको लगानी फिर्ताको माग गर्दै आइतबार दिक्तेलबजारमा बिरोध ¥याली निकालेका गरेका हुन् ।

सहकारीका तत्कालिन अध्यक्ष अनिल जोशी र व्यवस्थापक रुकु जोशीले बचत अपचलन गरेका कारण लगानी डुबेको भन्दै गत भदौ २९ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको न्यायीक समिति समक्ष बचत फिर्ताको लागि पहल गर्न आग्रह गरेका बचतकर्ता प्रदर्शनमा उत्रिएका हुन् । डुबेको सावाँ र व्याज फिर्ता गर्नका लागि बचतकर्ताले पदमकुमारी सैंजूको संयोजकत्वमा संघर्ष समिति बनाएर चरणबद्ध आन्दोलन सुरु गरेका हुन् । बिरोध ¥यालीका क्रममा सहकारी पिडित बचतकर्ताले केहीबेर लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाको कार्यालय घेराउ गरेका थिए । ¥यालीपछि जिल्ला प्रशासन कार्यालय र नगरपालिका पुगेर न्याय माग गरेका छन् । खाईनखाई दैनिक, मासिक र त्रैमासिक रुपमा जम्मा गरेको रकम फिर्ता लिन पटक–पटक ताकेता गर्दा पनि आलटाल भएकाले विरोध प्रदर्शनमा उत्रनु परेको धनिराम राई बताए ।

वित्तीय कारोबार बाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नाराका साथ १० मंसिर २०७२ देखि कारोबार सुरु गरेको सहकारीमा जिल्लाका ४५०० बचतकर्ताको लगानी छ । एकैजना लगानीकर्ताले ४५ लाखसम्म बचत गरेका छन् । तर सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो । जोशीको कोभिड–१९ को संक्रमणका कारण १५ बैसाख २०७८ मा पोखरामा निधन भएको थियो । जोशीको निधनपछि १६ बैसाख २०७८ देखि सहकारीको आर्थिक कारोबार ठप्प छ ।

सहकारीको ७४ जना ऋणी छन् । उनीहरुले न्यूनतम ३० हजारदेखि ७५ लाखसम्म ऋण लगेको देखिन्छ । सहकारीको जग्गा बाहेक सावा व्याजसहित करिब १० करोड ऋण लगानी छ । बचतकर्तालाई सावाव्याज सहित करिब ७ करोड फिर्ता दिनुपर्ने हिसाव छ । तर अध्यक्ष जोशीको मृत्युका कारण ऋण उठाउन कठिन देखिएको छ । कतिपय ऋणीले पटक–पटक भाका राख्ने, अध्यक्ष जोशीलाई दिइसकेको भन्दै पन्छिने र कतिपयले ‘अदालत जान’ भनेर गरेका छन् । बचतकर्ताले घेर्न थालेपछि छन् खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल स्थित लालुपाते बहुद्धेश्यीय सहकारी संस्थाका संचालकको हेलचक्राईको कारण बचतकर्ताको रकम जोखिममा परेको छ सहकारी संस्थाले बचतकर्ताको रकम दिन नसक्दा हजारौ बचतकर्ता बिचल्लीमा छन । सहकारी संस्थाहरुले बचतकर्ताको पैसा समयमा फिर्ता गर्न नसक्दा बचतकर्ताहरु समस्यामा परेका हुन । परेको बेला टर्ला भनेर खाई नखाई जम्मा गरेको पैसा खाँचो पर्दा नपाएपछि बचतकर्तालाई रुनु न हास्नु भएका छन् ।

। सञ्चालक समितिको गर्त बर्षको अडिट हेर्दा संस्थाका अध्यक्ष र व्यवस्थापकले विना निर्णय र विना धितो फर्जी डकुमेन्ट बनाई ९५ प्रतिशत बढी रकम आफुखुसी आफना नजिकलाई ऋण लगानी गरेको खुलासा भएको छ ।

सहकारीमा आएको आर्थिक संकटको कारण चाही सहकारी सञ्चालक समितिका अध्यक्ष अनिल जोशीको निधनलाई लिएको छ । अध्यक्ष जोशीको मृत्यु पश्चात तत्कालीन व्यवस्थापक रुकु जोशिले आफुखुसी रकम अपचलन गरेको कारण सहकारीमा आर्थिक संकट शुरु भएको खुलेको हो ।