दिप्रुङमा सञ्चालित राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्रोदय माविलाई

खोटाङ / जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा सञ्चालित पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता –२०७९ को उपाधि ४ स्वर्ण र ४ कास्य पदक सहित महेन्द्रोदय माध्यमिक विद्यालय ओख्रे डाँडागाउँले पाएको छ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं २ स्थित पालिका स्तरीय खेल मैदान डाँडागाउँमा भएको उक्त प्रतियोगितामा श्री शान्ति मा.वि ,छोरम्बु
३ स्वर्ण, २ रजत र २ कास्य पदक सहित दोश्रो
र श्री कृष्ण मा.वि, टेम्मा २ स्वर्ण ४ रजत सहित तेस्रो स्थानमा पर्न सफल भएको हो ।

उक्त प्रतियोगितामा छात्र छात्रातर्फ भलिबल, कबड्डी, हाइजम्प, लङजम्प, सटफुट,२०० मिटर दौड ,१०×४ रिले दौड ,४०० मिटर दौड गरि आठ विधा समावेश गरिएको शिक्षा शाखा प्रमुख मणिकुमार गिरिले बताए  । प्रतियोगिताका लागि गाउँपालिकाका १४ वटा विद्यालय सहभागी भएका थिए । प्रतियोगिताको व्यवस्थापन गाउँपालिकाले गरेको थियो ।

“दिप्रुङ चुईचुम्माको चाहाना, खेलकुद विकासको भावना ” भन्ने मूल नाराका साथ गाउँपालिकाले सुभारम्भ गरेको पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता फागुन सोमबार सम्पन्न भएको हो । खेल फागुण २० गतेबाट २३ गतेसम्म ४ दिन सम्म लगातार संञ्चालन भएको थियो ।