इन्द्राणीपोखरी मा.वि मा राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता  शुरू

ललित राई, खोटाङ /खोटेहाङ गाउँपालिका- वडा न.६ स्थित इन्द्राणीपोखरी मा.विको खेलमैदानमा पालिकास्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता २०७९ शुरू भएको छ।

“स्वास्थ्यको लागि खेलकुद ,राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित खोटेहाङ गाउँपालिकाको आयोजना तथा इन्दाणीपोखरी मा.वि को ब्यबस्थापनमा प्रतियोगिता शुरू भएको हो।

माघ २६ देखि २८ सम्म ३ दिन सञ्चालन हुने सो प्रतियोगीताको उद्घाटन प्रतिनिधिसभा सदस्य रामकुमार राई” पासाङ” को प्रमुख आतिथ्य र प्रदेशसभा सदस्य भुपेन्द्र राईको विशेष आतिथ्यमा उद्घाटन समारोहमा खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राई,उपाध्यक्ष रूपेश राई,वडा नम्बर -६ का वडा अध्यक्ष वसन्त राई, वडा न. ७ का वडाअध्यक्ष शिव फुयाँल, वडा न. ३ का वडा अध्यक्ष जेफर राई ,शिक्षक महासङ्घ खोटाङका अध्यक्ष कुमार पराजुली लगायतको उपस्थितमा उत्घाट्न भएको हो । प्रतियोगीतामा अन्तरबिद्यालय भलिबल प्रतियोगीता, रीले दौढ,सटफुट, हाइजम्प , एकल नृत्य प्रतियोगीता( आधारभुत तह १-५) र खुल्ला कबिता प्रतियोगीता समाबेश गरिएको छ।

कार्यक्रमको पहिलो दिन आज अन्तरबिद्यालय छात्र भलिबल प्रतियोगिताअन्तर्गत दुई खेल सम्पन्न भएको छ। पहिलो खेलमा भानु आ.बि माबे लिक्चिराम्चेले बिणा मा.वि लिकुवापोखरीलाई पराजित गरे सङ्गै दोस्रो खेलमा लक्ष्मी मा.वि लिच्किराम्चेले महेन्द्रोदय मा.वि वाप्लुखालाई पराजित गरेको छ। बाँकी खेलहरू भोलि र पर्सि हुने विद्यालयले जनाएको छ ।