पूर्ण खोप सुनिश्चितताका लागि दु्र्त सुलभ घरधुरी सर्वेक्षण तथा भेरिफिकेसन
खोटाङ । खोटाङको साकेला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितताका लागि दुर्त सुलभ सर्वेक्षण ९आरसिएस० तथा पालिकाले गरेको घरधुरी सर्वेक्षणको भेरिफिकेसन गरिएको छ । खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप पाए÷नपाएको सुनिश्चित गर्नका लागि शुक्रवार स्वास्थ्य कार्यालय खोटाङको प्राविधिक सहयोगमा गएको जिल्ला खोप समन्वय समिति खोटाङको टोलीले साकेला–४ का विभिन्न टोलमा बालबालिका भएका घरघरमा पुगेर सबै बालबालिकाले खोप पाए÷नपाएको भेरिफिकेसन गरिएको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत लक्ष्मण खरेलले जानकारी दिए ।
उनका अनुसार साकेला–४ का आहाले, मानेगाउँ, पाङदुरे लगायतका टोलमा पुगेर १६ महिनादेखि ५ वर्षमुनिका २८ जना बालबालिकाको अनुगमन गर्दा सबै बालबालिकाले तोकिए अनुसार नछुटाइकन खोप लगाएको पाइएको हो ।
साकेला गाउँपालिका खोप समन्वय समितिले पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणाका लागि स्वास्थ्य कार्यालयमा सिफारिस गरेकाले घरधुरी सर्वेक्षणको रिपोर्टको आधारमा जिल्ला खोप समन्वय समिति खोटाङले पूर्णखोप सुनिश्चितता तथा दिगोपनायुक्त पालिका घोषणा गर्ने प्रक्रिया लागि दुर्त सुलभ सर्वेक्षण ९आरसिएस० भेरिफिकेसन गर्ने काम गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देलले बताए ।
साकेला गाउँपालिकाले ५ वटै वडाका सम्पूर्ण वालवालिकाहरूले १५ महिनाभित्र सबै प्रकारका खोप लगाएको सुनिश्चितता गर्न यस अघि घरधुरी सर्वेक्षण गरेकोे थियो ।
५ वडा रहेको साकेला गाउँपालिकामा पाँच वर्ष मुनिका ८७२ जना जना बालबालिका रहेको स्वास्थ्य कार्यालय खोटाङका कार्यक्रम अधिकृत जीवन चौलागाईले बताए । जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई विभिन्न रोग विरुद्धका १३ एन्टिजेन खोप दिने गरिएको छ । तालिका अनुसार खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न सकिने प्रावधान रहेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



