सरकारले किसानलाई अनुदानमा दिदै आएको रासायनीक मल कटौती नगर्न राप्रपा खोटाङको माग
खोटाङ÷सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गरेपछी राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङ अध्यक्ष ललित कुमार राई, जिल्ला प्रशासन कार्यलय खोटाङ प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाई मार्फत सम्माननीय प्रधानमन्त्रीको कार्यलय सिंह दरवार काठमाण्डौमा ज्ञापन पत्र बुझाएको छ । ।
सरकारले यी रासायनीक मलमा दिंदै आएको अनुदान कटौती गरेपछि यस अघिको भन्दा मुल्य तिनुपर्ने भएको छ । यस अघि युरिया मलमा सरकारले ८० प्रतिशत अनुदान दिंदै आएको थियो ।
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २०७९ चैत २९ देखी लागु हुने गरी रासायनिक मलमा दिदै आएको अनुदान कटौती र मलको मुल्य बृद्धि गरेको, किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्य बृद्धि गर्ने निर्णय अदुरदर्शी, अमानवीय र अनुचित भएको राप्रपाको ठहर छ ।
कृषिजन्य वस्तुको उत्पादन लागत बढेको अवस्थामा यसले किसानलाई उत्पादन लागत बढाई छिमेकी देशहरुको उत्पादनसंग प्रतिस्पर्धा गर्न नसक्ने थप जोखिम वढाएको छ । माग बमोजिम खेती गर्ने समय अगावै मल आपूर्ति गर्न नसकेको अवस्थामा गरिएको अनुदान कटौती गर्ने सरकारको निर्णयको राष्ट्रिय प्रजातन्त्र पार्टीले किसानलाई मल उपलब्ध गराउन सरकार सँग माग गरेको छ ।
अनुदान कटौती तथा मूल्य बृद्धि सम्बन्धी यो निर्णय तत्काल फिर्ता लिन, सर्व सुलभ ढंगले मल आपूर्तिको व्यवस्था मिलाउन, मल आपूर्तिको दीर्घकालिन समस्या समाधानका लागि देशभित्र रासायनिक मल कारखाना स्थापनाको प्रक्रिया तत्काल प्रारम्भ गर्न र किसानबाट उत्पादित वस्तुको उचित मूल्य र वजारको व्यवस्था गर्न राप्रपा सरकारको गम्भिर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख छ ।
नेपालमा आयत हुने रासायनिक मल मध्य युरिया मल धान, मकै जस्ता प्रमुख बालीका लागि युरिया मल प्रयोग हुने गरेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



