साइनो कला केन्द्रले निःशुल्क संगीत प्रशिक्षण गर्ने

खोटाङ । खोटाङमा लामो समयदेखि गीत संगीतको क्षेत्रमा काम गरिरहेको संस्था साइनो कला केन्द्रले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई निःशुल्क संगीत प्रशिक्षण गर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा केन्द्रले करीब १५ जना विद्यार्थीलाई निशुल्क संगीत प्रशिक्षण गर्ने भएको जनाएको छ ।
संगीत प्रशिक्षणका लागि नगरपालिकाले ३ लाख रकम दिएको बताइएको छ । सोमबार सार्वजनिक सुनुवाइ गर्दै केन्द्रका कोषाध्यक्ष दशरत राईले नगरपालिकाले दिएको ३ लाख रकम मध्ये १ लाख ५० हजार हारमोनियम, तवला, गिटार लगायतका वाद्यवादन खरिद गर्न खर्च गरेको बताए । बाँकी १ लाख ५० हजार प्रशिक्षकलाई तलब र कार्यालय व्यवस्थापनमा खर्च गरिने उनको भनाइ छ ।
संगीत प्रशिक्षणका लागि आएका धेरै ब्यक्तिहरु शुल्क तिर्न नसकेर बीचैमा कक्षा छाडिरहेकाले उनीहरुलाई नगरपालिकाको आर्थिक सहयोगमा निःशुल्क कक्षाको व्यवस्था गरिएको साइनो कला केन्द्रका अध्यक्ष भक्त विश्वकर्माले बताए । यस्तै, साइनो कला केन्द्रले उपलब्धि मुलक काम गरे वडा नम्बर १ ले पनि सहयोग गर्ने वडाध्यक्ष नवराज राईले बताए ।
कलाकारिताको उत्थान गर्ने उद्देश्यले २०७४ सालबाट शुरु भएको साइनो कला केन्द्रले हालसम्म ७ सय बढि कलाप्रतिभा भएका व्यक्तिहरुलाई गीतसंगीत सिकाएको अध्यक्ष विश्वकर्माले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



