खोटाङका दश स्थानीय तहले ल्याए बजेट
असार दश स्थानीय तह रहेको खोटाङमा सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट ल्याएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहले पुरानै शैलीमा नयाँ बजेट ल्याएका छन् ।
जिल्लाका स्थानीय तहको प्रथामिकतामा यस वर्ष पनि कृषि, स्वास्थ्य, शिक्षा, पशु र भौतिक पूर्वाधार परेका छन् । सबैभन्दा धेरै बजेट ल्याउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सबैभन्दा कम बजेट ल्याउने साकेला गाउँपालिका रहेका छन् ।
जिल्ला सदरमुकाम समेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शनिबार नवौं नगरसभा सम्पन्न गरेको छ । नगरपालिकाले आमागी आर्थिक वर्ष २०८०÷०८१ का लागि ९८ करोड ६ लाख ५७ हजार बजेट ल्याएको छ । नगरपालिकाले यस वर्ष कृषि र पर्यटन पहिलो प्रथामिकतामा राखेको छ ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८÷०८१ का लागि ७७ करोड ६४ लाख ८९ हजार बराबरको बजेट पारित गरेको छ । सङ्घीय सरकार र प्रदेश सरकारबाट राजश्व बाँडफाँड, वित्तीय सामान्यीकरण, विशेष अनुदान, समपूरक अनुदान र सशर्त अनुदान शीर्षकमा प्राप्त बजेट समायोजन गरेर योजना तर्जुमा समितिका संयोजक एवम् उपप्रमुख रमेशकुमार राउतले पेश गरेको बजेटलाई १३ औँ नगरसभाबाट पारित गरेको हो ।
कृषिलाई पहिलो प्राथमिकता दिँदै यो नगरपालिकाले कृषिलाई प्राथमिकता दिंदै “गोठदेखि ओठसम्म÷बारीदेखि बजारसम्म”को नीति अघि सारेको छ । कृषि तथा पशु साझेदारी कार्यक्रमका लागि दुई करोड ४९ लाख, महिला बालबालिका तथा लक्षित वर्ग कार्यक्रमका लागि एक करोड ४९ लाख र स्वास्थ्य तथा आयुर्वेदका लागि एक करोड ३६ लाख ५० हजार रकम विनियोजन गरिएको नगरप्रमुख बिमला राईले बताइन् ।
नगर समपूरकमा तीन करोड ६९ लाख ५० हजार विनियोजन गरेको नगरले विभिन्न वडा कार्यालय निर्माणका लागि दुई करोड, प्रशासकीय भवन निर्माणका लागि एक करोड विनियोजन गरेको छ । नगर सडक निर्माणका लागि ५० लाख, सुरक्षित नागरिक आवास मर्मत संम्भारका लागि ५० लाख, पर्यटन, धार्मिक तथा सँस्कृति संरक्षणका लागि ५३ लाख विनियोजन गरिएको छ । पशुपालन व्यवसायलाई प्रोत्साहन गर्दै मासुमा आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रम ल्याएको छ । ११ वडा रहेको नगरपालिकाले मासुमा आत्मनिर्भर बनाउन राँगा, बङ्गुर र कुखुरापालन गर्ने किसानका लागि विशेष अनुदान दिने योजना बनाएको छ ।
यस्तै, नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउन व्यवसायिक भैँसीपालन कार्यक्रमलाई दिँदै आएको अनुदान निरन्तर रहने जनाएको छ । स्थानीय गाई, भैँसी र बाख्रामा नश्लसुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
दीगो विकासको १५ औँ लक्ष्य ‘जमिनमाथिको जैविक विविधता’लाई आत्मसाथ गर्दै बाँझो रहेको जमिनमा कागती, आँप, लिची, सुन्तला, कफी, ड्रागन फ्रुटजस्ता नगदेबाली खेती गर्ने कृषकलाई प्रोत्साहन गरिने जनाइएको छ । नगरपालिकाले बदाम, कपास र केरा खेतीलाई पकेट क्षेत्रको रुपमा विकास गर्ने जनाएको छ ।
यस्तै, जिल्लाको पुरानो सदरमुकाम रहेको खोटेहाङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ५२ करोड बजेट ल्याएको छ । गाउँपालिकाले शैक्षिक सुधारका लागि सरकारी सेवासुविधा लिएका सबै कर्मचारी, शिक्षक तथा जनप्रतिनिधीहरुको छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति ल्याएको छ । गाउँपालिका अध्यष उदिमबहादुर राई ‘मुक्ति’ले आर्थिक वर्ष ०८०÷०८१ को लागि पेश गरेको नीति तथा कार्यक्रममा ‘सरकारी सेवा सुुविधा लिएका सबैखालका कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिहरुको सन्ततिलाई आगामी शैक्षिकसत्र २०८१ देखि सामुदायिक विद्यालयमा पढाउने अनिवार्य व्यवस्था मिलाइने छ भनिएको छ ।
नीति तथा कार्यक्रममा गाउँपालिका र मातहत कार्यालयहरुले सार्वजनिक कार्यक्रमहरु गर्दा खादा तथा ब्याच बनाउने कामलाई पूर्णरुपमा निषेध गर्ने उल्लेख छ । यसले गाउँपालिकामा फजुल खर्च बढाउनका साथै तामझाममा समय व्यतित हुने भएकाले गाउँपालिका यस्तो नीति बनाउनुपरेको गाउँपालिका का उपाध्यक्ष रुपेश राइृले जानकारी दिए ।
गाउँपालिकाले स्वरोजगार तथा सीप प्रवद्र्धनका लागि ढाका बुुनाइ तथा परम्परागत हिसाबले सालको पात प्रयोग गरेर बुन्ने गरिएको दुना तथा टपरीको व्यवसायिक उत्पादन गर्ने नीति ल्याएको छ । गाउँपालिकाले कोसेली घरमार्फत यसको बिक्री वितरणको व्यवस्था मिलाउनेगरी नीति तथा कार्यक्रम ल्याएको छ ।यसका अलवा गाउँसभाले यस आर्थिक वर्षभित्र गर्ने महत्वपूर्ण कार्यक्रमहरु गाउँसभाबाट पास गरेको छ ।
यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ५० करोड २१ लाख बराबरको बजेट ल्याएको छ । गाउँपालिकाले ‘हेल्लो डाक्टर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाबासी कोही पनि स्वास्थ्योउपचार नपाएर अकालमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यसहित आर्थिक वर्ष २०८०÷०८१ का लागि गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेटेर उक्त कार्यक्रम ल्याएको हो ।
गाउँपालिका प्रमुख लोकेन्द्र राईले प्रस्तुतगरेको नीति तथा कार्यक्रममा गाउँपालिकाभित्र सञ्चालित कुनै एक स्वास्थ्य संस्थामा चौबीसै घण्टा स्वास्थ्य सेवा सञ्चालन गर्ने योजना पेश गरिएको छ । यस्तै, गाउँपालिकाभित्र सञ्चालित दुईवटा स्वास्थ्य संस्थामा प्रयोगशाला ९ल्याब० सञ्चालन गर्ने, दीर्घरोगीहरुका लागि टोलटोलमा घुम्ती सेवा सञ्चालन गर्ने, गाउँपालिकाभित्रका दुईवटा स्वास्थ्य संस्थामा गर्भ जाँच गर्न प्रयोग गरिने अल्ट्रासाउण्ड सञ्चालन गर्ने, गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थाबाट बाहिर लानुपर्ने अवस्थाका गर्भवतीलाई गाउँपालिकाको एम्बुलेन्समार्फत निःशुल्क आवतजावत गराउने लगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।
शैक्षिक क्षेत्रको सुधारका लागि स्नातक तह सञ्चालन गर्न चाहने विद्यालयका लागि प्रस्तावनाको आधारमा आवासीय विद्यालयको रुपमा विकास गर्ने, विद्यार्थीलाई माथिल्लो तह अध्ययनका लागि प्रोत्साहन गर्न छात्रवृत्तिको व्यवस्था गर्ने, सबै विद्यालयमा विषयगत शिक्षक व्यवस्था गर्न पहल गर्ने, शिक्षकको कार्यसम्पादनलाई विद्यार्थीको सिकाइ उपलब्धीसँग जोड्न नीति लिइने, करार शिक्षक तथा कर्मचारी नियुक्तिलाई व्यवस्थित, मर्यादित र प्रतिस्पर्धात्मक बनाउने लगायतका नीति पारित गरिएको गाउँपालिकाले जनाएको छ ।
प्भउष्बिकनबमजष्.वउनगलमभाष्लभमयस्तै, केपिलासगढी गाउँपालिकाले कृषि र शिक्षालाई पहिलो प्रथामिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । गाउँपालिकाको १३ औँ गाउँसभामा उपप्रमुख गुरुराज राईले प्रस्तुत गरेको ४९ करोड ५८ लाख ७७ हजार ५७६ बराबरको बजेट पारित भएको छ ।
गाउँपालिकाले सङ्घीय सरकारबाट प्राप्त कुल अनुदान ४३ करोड १९ लाख १८ हजार मध्ये, वित्तीय समानीकरणतर्फ सात करोड ७३ लाख, राजश्व बाँडफाँडतर्फ सात करोड ८५ लाख ९९ हजार , सशर्त अनुदानतर्फ १८ करोड ७५ लाख, समपूरक अनुदानतर्फ ८० लाख, विशेष अनुदानतर्फ एक करोड १५ लाख बजेट ल्याएको छ । यस्तै, सामाजिक सुरक्षाभत्ताका लागि छ करोड ९० लाख १९ हजार बजेट विनियोजन गरिएको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिए ।
प्रदेश सरकारबाट प्राप्त कुल अनुदान दुई करोड ९२ लाख ४३ हजार, वित्तीय समानीकरणमध्ये ४५ लाख ७४ हजार, सशर्त अनुदानतर्फ एक करोड ९६ लाख तीन हजार, समपूरक अनुदानतर्फ एक करोड, सवारी कर बाँडफाँडतर्फ ३७ लाख छ हजार विनियोजन गरिएको जनाइएको छ । यस्तै, जिफाउन्डेसन र सिर्जनशील भरिया समाजबाट यस पालिकामा सञ्चालन हुने विभिन्न कार्यक्रमका लागि दुई करोड ९७ लाख १६ हजार ४७६ बजेट बाँडफाँड गरिएको हो ।
बष्कभगिपजबचपब.वउनगलमभाष्लभमयस्तै, ऐसेलुखर्क गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ४३ कारोड १७ लाखा ७२ हजार बजेट ल्याएको छ । गाउँपालिकाले गरिबी निवारण तथा रोजगारमूलक योजनालाई प्राथमिकता दिएको छ । आर्थिक वर्ष २०८०÷०८१ का लागि गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्थानीय आवश्यकता तथा प्राथमिकताको आधारमा योजना छनोट गर्ने नीति लिएको छ । स्थानीय स्रोत र साधनले नधान्ने योजनालाई प्रदेश तथा सङ्घीय सरकारसँग माग गरेर पूरा गर्नेगरी योजना छनोट गरिने जनाइएको छ । योजना छनोट गर्दा गाउँपालिकाको आवधिक योजनाले लिएको लक्ष्य र मध्यकालीन खर्च संरचनाबीच तालमेल हुनेगरी छनोट गरिने गाउँपालिका उपाध्यक्ष राजेश राजभण्डारीले जानकारी दिए ।
‘हटाऔँ परनिर्भरता, बढाऔँ आत्मनिर्भरता, कृषि र पशुपालनमा सँधै हाम्रो अग्रता’ भन्ने नाराका साथ प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा ‘एक गाउँ, एक उत्पादन’मा जोड दिइएको छ । उत्पादित कृषि तथा पशुजन्य वस्तुहरुको बजारीकरण र मूल्य समायोजनमा एकरुपता लिइने जनाइएको छ ।
व्बलतभमजगलनब.वउनगलमभाष्लभमयस्तै, जन्तेढुंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ४१ करोड बराबरको बजेट ल्याएको छ । जन्तेढुङ्गा गाउँपालिकाले सबै वडाबाट गाउँपालिकाको केन्द्र पुग्ने सडक कालोपत्र गर्ने भएको छ । गाउँपालिकाको १३ औँ गाउँसभामा गाउँपालिका अध्यक्ष अरुणदेवी राई ‘दिक्षा’ले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यस्तो योजना अघि सारिएको हो । गाउँपालिकाले कृषिजन्य उत्पादनको बजारीकरण गर्नका लागि कृषि एम्बुलेन्ससमेत सञ्चालनमा ल्याउने भएको छ । कृषकले उत्पादन गरेका कृषिजन्य उत्पादनलाई बजारसम्म पु¥याउनका लागि आगामी आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक बजेटमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको हो ।
‘जनश्रमदान जन्तेढुङ्गाको अभियान’ भन्ने मूल नारालाई गाउँपालिकाभरी हप्ताको एक दिन श्रमदान गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । सामाजिक कार्य गरौँ भन्ने अनुरोध गर्दै, प्राधनमन्त्री रोजगार कार्यक्रमबाट राखिँदै आएको बाटो हेरालु राख्ने कार्यलाई खारेज गरिएको जनाइएको छ ।
गाउँपालिकाले पशुपालक कृषकलाई आधुनिक गोठ, खोर, उपयुक्त दाना र घाँस तथा उन्नत जातको नश्लसुधारका लागि बीजको व्यवस्था गर्ने भएको छ । यस्तै, खानेपानी नपुगेका बस्तीमा खानेपानीको व्यवस्था गर्ने, खेतीयोग्य जमिनमा सिचाइँ सुविधा उपलब्ध गराउने, सबै वडाको एक÷एक विद्यालयमा आवासीय भवन निर्माण गर्ने लगायतका योजना पारिएको गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले जानकारी दिए ।
यस्तै, बराहपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ का लागि ३७ करोड ४७ लाख ५९ हजार बजेट ल्याएको छ । गाउँपालिकाले यस आर्थिक वर्षमा भने युवा स्वरोजगार कार्यक्रमलाई प्रथामिकतामा राखेर बजेट ल्याएको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले जानकारी दिए । आर्थिक वर्ष २०८०÷०८१ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा युवा जनशक्तिलाई कृषि व्यवसायप्रति आकर्षित गर्दै स्थानीय आर्थिक विकास गर्ने लक्ष्य राखेको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले जानकारी दिए ।
‘कृषि, पर्यटन, प्राकृतिक सम्पदता र पूर्वाधार, समृद्ध वराहपोखरी गाउँपालिकाको आधार’ भन्ने मूल नारासहित पेश गरिएको नीति तथा कार्यक्रममा युवा जनशक्तिले उत्पादन गरेका कृषि उपज बजारसम्म पु¥याउने लक्ष्य राखिएको छ । गाउँपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै शुसासनको अनुभूति जनमानसमा पु¥याउन विद्युतीय सुशासन प्रणालीलाई ब्यापक र प्रभावकारी बनाउने नीति तथा कार्यक्रममै उल्लेख गरिएको छ ।
नेपाल सरकारले १०० वटा गन्तव्यमा सूचीकृत गरेको बराह तालसमेत रहेको उक्त गाउँपालिकाले आफ्नो गाउँपालिकाले जिल्लाकै उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्ने, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई वैज्ञानिक रुपमा व्यवस्थापन गर्ने, स्वच्छ, सफा र सुन्दर गाउँपालिकाको रुपमा विकास गर्ने, प्रविधिमैत्री र योजनाबद्ध विकासलाई प्राथमिकतामा राखेको पाइएको छ । रोजगारीको खोजिमा विदेश पलायन हुने युवा जनशक्तिलाई गाउँमै रोजगारीको सिर्जना गरेर उनीहरुलाई आफ्नै गाउँमा आकर्षक तरिकाले बसोबास गर्ने व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै, रावाबेसी गाउँपालिकाले अर्थिक वर्ष २०८०÷०८१ का लागि ३७ करोड ३४ लाख, ११ हजार बजेट ल्याएको छ ।गाउँपालिकाले आफ्नै पालिकाभित्र उत्पादित छालाको जुत्ता र खाडी कपडा विद्यार्थीको पोशाकको रुपमा प्रयोग गर्न÷गराउन जोड दिने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्थानीयस्तरमा उत्पादित छालाको जुत्ता र खाडी कपडा प्रवद्र्धन गर्नका लागि विद्यालय पोशाक योजना समावेश गरेको हो ।
गाउँपालिकाभित्र सञ्चालित २८ वटै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि उक्त पोशाक लागू गर्ने योजनासहित अनुदानको व्यवस्था गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताए । रावाबेँसी गाउँपालिकामा छालाको जुत्ता र खाडी कपडा उत्पादन गर्ने पेशा लामो समयदेखि सञ्चालन हुँदै आएको छ ।
गाउँपालिकाले कृषि तथा पशुपालनमा आत्मनिर्भर पालिका बनाउने नीति तथा कार्यक्रम पारित गरेको छ । उन्नत जातका बोका तथा राँगाहरुमा लगानी गर्दै पशुमा नश्ल सुधार गर्ने, व्यवसायिकरुपमा पशुपालन गर्ने कृषकलाई अनुदानको व्यवस्था गर्ने, कृषि नीति तथा आवधिक योजना अनुसार लगानी गर्ने लगायतका कार्यक्रम राखिएको छ ।
स्थानीय सीप, श्रोत र साधन प्रयोग हुने घरेलु उद्योगहरुको प्रवद्र्धन गर्ने, तेलहन बाली प्रवद्र्धनका लागि तेल पेल्ने मिल स्थापना गर्ने, पालिकामा स्थापना हुने तथा स्थानीय कच्चा पदार्थ प्रयोगगरी कम्तिमा दश जनालाई रोजगारी दिने उद्योगहरुलाई अनुदान दिने व्यवस्था गरिएको छ । सङ्घीय सरकारले अघि सारेको औद्योगिकग्रामलाई निजी क्षेत्रसँग सहकार्यगरी सम्भाव्यता अध्ययन गर्ने लगायतका योजना बनाइएको छ ।
गाउँपालिकाले पर्यटकीय क्षेत्रहरुको पहिचानगरी पदमार्गहरु निर्माण गर्ने, निर्माणाधीन अवस्थामा रहेको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना पूरा भएपछि हुने पर्यटकीय क्षेत्रहरु पहिचान गर्दै आवश्यक गुरुयोजना निर्माण गर्ने योजना बनाइएको छ । स्थानीय कला तथा शैलीमा नमूना घरको डिजाइन बनाएर गाउँपालिकाभरी एउटै किसिमको नमूना घर निर्माणमा प्रोत्साहन गर्ने नीति अघि सारिएको गाउँपालिका प्रमुख श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै, गाउँपालिकास्तरीय स्वास्थ्य प्रणालीको विकास गर्दै ‘गाउँ स्वास्थ्य प्रवद्र्धन केन्द्र’ स्थापना गर्ने, गाउँपालिकास्तरीय अस्पतालमा विशेषज्ञसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने, गाउँपालिकाभित्र सञ्चालित सबै स्वास्थ्य चौकीहरुको स्तरीकरण गर्ने लगायतका योजना समावेश गरिएको छ । नेपाल सरकारले लागू गरेको ‘एक घर, एक धारा’ कार्यक्रमलाई कार्यान्वयन गर्दै हरेक घरमा खानेपानीको व्यवस्था गर्ने, खानेपानीका मुहानहरु संरक्षण तथा आवश्यकताको आधारमा लिफ्टिङ प्रविधि जडान गर्ने, सुख्खा क्षेत्रमा खानेपानी पु¥याउन लिफ्टिङ बाहेक अन्य विकल्पहरुसमेत खोज्ने योजना बनाइएको छ ।
।
यस्तै, साकेला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ३३ करोड ८८ लाख ८१ हजार बजेट ल्याएको छ । गाउँपालिकाले बसाइँ सर्नेहरुको सङ्ख्या बढिरहेको कारण जनसङ्ख्या दिनानुदिन घटिरहेको अवस्थामा जनसङ्ख्यालाई सन्तुलनमा राख्न आर्थिक वर्ष २०८०÷०८१ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममा नयाँ नीति अपनाएको छ । गाउँपालिकाले घट्दो जनसङ्ख्यालाई सन्तुलनमा राख्न अन्यत्रबाट बसाइँ सरेर आउने प्रत्येक परिवारलाई सम्मान स्वरुप पाँच हजार नगद रकम उपलब्ध गराउने नीति अघि सारेको हो ।
बसाइँसराइलाई न्यूनीकरण गर्नका लागि आधुनिक उपकरणसहितको स्वास्थ्य सेवा, रोजगारी, गुणस्तरीय शिक्षा, सडक सुविधा लगायतको कार्यलाई प्राथमिकता दिएर काम अघि बढाउने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । ‘सुसंस्कृत, संस्थागत र समृद्ध साकेला’ भन्ने मूल नाराका साथ सम्पन्न १३ औँ गाउँसभाले आवधिक योजनामा समेटिएका गौरवका योजनाहरुलाई प्राथमिकता दिँदै आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



