राजेशपायल र अरुणाको स्वरमा मार्सि धानको चामल भिडियो सार्वजनिक

योगिन राई,

राई ईज किँग नामले परिचित गाएक राजेशपायल राई र गायिका अरुणा राईको स्वरमा रहेको मार्सि धानको चामल बोलको भिडियो सार्वजनिक भएको छ ।
जुन गीतलाई गायिका अरुणाकै शब्द तिलक बस्नेतको संगीत , सुदिप सागरको एरेन्ज रहेको छ ।

क्यास म्युजिक च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोमा पुष्प खडका र अन्जलि अधिकारिको साथमा अन्य कलाकारहरुको अभिनय रहेको छ ।
यस भिडयोको कोरियोग्राफर तथा निर्देशनमासिर्जन बराल ९ रिसि ० छायाँकनमा नवराज उप्रेति र अमृत चापागाईको सम्पादन रहेको ।
असार १५ दहि चिउरा खाने दिनलाई लक्षित गरिएको सार्वजनिक गरिएको किरात कल्चरमा हुने बिवाहको माहोल देखाएको छ ।
भने कलाकारहरुको उत्कृष्ट नुत्यलाई देख्न सकिन्छ ।