साल्पा सिलिचुङमा सुम्निमा पारुहाङको प्रतिमा स्थापना गरीने
खोटाङ / किरात समुदायको मुन्दुमी आस्थाको केन्द्र, किरात धार्मिक तथा सांस्कृतिक स्थल साल्पा सिलिचुङमा सृष्टिकर्ताहरु सुम्निमा पारुहाङको प्रतिमा स्थापना,मुन्दुमी पुजाथान,वाबुक सोलोन्वा चिण्डो आकारको (मुन्दुमी गेट) र मुन्दुम संग्रहालय लगायत विभिन्न मुन्दुमी पात्रहरुको प्रतिमा स्थापना गर्ने साल्पा सिलिचुङ परियोजनाको शुभारम्भ भएको छ।
यहि असार १३ गते बुधबारको दिन नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा (साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तराष्ट्रिय समिती) ले आयोजना गरेको सुम्निमा पारुहाङको प्रतिमा स्थापना,मुन्दुमी पुजाथान,वाबुक सोलोन्वा आकारको (मुन्दुमी गेट) मुन्दुम संग्रहालय लगायत विभिन्न मुन्दुमी पात्रहरुको प्रतिमा स्थापना गर्ने उदेश्य लिएको( साल्पा सिलिचुङ÷सिलिछो परियोजना शुभारम्भ समारोह) ऐतिहासिक रुपमा सम्पन्न भएको हो।
नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपती भुपाल राईको प्रमुख आतिथ्यतामा भएको ऐतिहासिक शुभारम्भ समारोहको विशेष अतिथीको रुपमा अखिल किरात राई संघ सिक्किमको अध्यक्ष मोहन दुङ्माली,किराया केन्द्रको उपाध्यक्ष देवान राई,युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरीकाको महासचिव मुक्ती राई,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपती नारादमणी हार्ताम्छाली,साल्पा सिलिछो गाउँपालिकाको अध्यक्ष दौलत कुलुङ लगायत किरात खालिङ राई उत्थान संघ,चाम्लिङ खाम्बातिम,किरात राई बान्तावा खिम,किरात राई सांस्कृतिक कलाकार संघ लगायत विभिन्न संघ संस्थाको प्रतिनिधित्व गरेर आएका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो।
यस ऐतिहासिक शुभारम्भ समारोहमा किरातीहरुको पवित्र मुन्दुमी स्थल साल्पा सिलिचुङको प्रागईतिहास र मुन्दुमी महत्व बारे प्राज्ञ नारदमणी हार्ताम्छाली,चतुरभक्त राई,कमलजंग राई र भोगीराज चाम्लिङ जस्ता प्राज्ञिक व्यक्तिहरुले प्राज्ञिक बहस गरेका थिए। उक्त कार्यक्रममा मुन्दुमले व्याख्या गरे अनुसारको सृष्टिकर्ताहरु सुम्निमा पारुहाङको स्केच समेत लोकार्पण गरीएको थियो। साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्दन केन्द्र अन्तराष्ट्रिय समितीको अध्यक्ष मुलघरे कान्छा(राजेन खिम्बुले राई) द्वारा लिखित सुम्निमा पारुहाङको मुन्दुमी व्याख्या लाई कार्यक्रममा पढेर सुनाईएको थियो भने सुम्निमा पारुहाङको स्केचमा प्राध्यापक÷मुन्दुम अध्येता कमलजंग राईले टिप्पणी गरेका थिए। उक्त ऐतिहासिक परियोजना शुभारम्भ समारोह समितिको उपाध्यक्ष तथा परियोजना निर्देशक बीर ब राईको सभाध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य परियोजना समन्वयक रमेश राईले गरेका थिए।
उक्त सुभारम्भ समारोहमा कार्यक्रम सन्चालन सल्लाहाकार सरिता राई र उपमहासचिव रीता राराहाङ राई द्वयले गरेका थिए। यस साल्पा सिलिचुङ परियोजनाको वि.सं २०८० साल जेठ २८ गते आईतबारको दिन (साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्धन केन्द्र) र स्थानिय साल्पा सिलिछो गाउँपालिका बिचमा सम्झौता भएको थियो। । भने साल्पा सिलिचुङमा सुम्निमा–पारुहाङको प्रतिमा स्थानिय माङ्पा द्वारा जेठ २७ गते रातभर ठुलो चिन्ता बसेर मुन्दुमी बिधिबाट उदघाटन÷शिलान्यास समेत गरीएको थियो।
यस साल्पा पोखरी र सिलिचुङ भोजपुर,सोलुखुम्बु, खोटाङ र संखुवासभा जिल्लाको सिमाक्षेत्रमा अबस्थित भोजपुर जिल्लाको साल्पा सिलिछो गाउँपालिका दोभाने गाबिसको वडा नम्बर ५ अन्तर्गत पर्दछ । यो क्षेत्र भोजपुर, सोलुखुम्बु, संखुवासभा र खोटाङ जिल्लाको संगम स्थल हो । मुन्दुम अनुसार साल्पा सिलिचुङ नै श्रृष्टिको तथा मुन्दुमको उत्पत्ति केन्द्र रहेको जनविश्वास रहेको छ। मुन्दुम अनुसार सर्वप्रथम श्रृष्टिकर्ताहरु सुम्निमा र पारुहाङ यहि सिलिचुङमा नै भेट भएको कारणले सिलिचुङ लाई पारुखामको रुपमा लीने गरिन्छ। त्यस्तै किरातीहरुको आदिम पुर्खाहरु रिकापा–रिभ्यामा,साल्पाहाङ–रिब्रिहाङमा÷रिब्रिमा(साल्पा राजा र साल्पा रानी जस्ता आदिम किराती पुर्खाहरुको साल्पा सिलिचुङमा नै आदिमथलो तथा बासस्थान रहेको मुन्दुमी जनविश्वास रहेको छ। मुन्दुम अनुसार यस साल्पा पोखरीको नाम सालाप्पा नाम गरेका आदिम किराती पुर्खाको नामबाट रहन गएको जनविश्वास रहेको छ। भने पवित्र मुन्दुमी स्थल सिलिचुङ सुम्दिमा–पारुहाङको बासस्थान हो। किरात राईहरुको भाषामा सिलिचुङको शाब्दिक अर्थ सिली भनेको साकेला सिली,नछुङ माङ्पाहरुले नाच्ने विभिन्न सिलीहरु झै सिली=नांच र चुङ= डांडा÷चुचुरा भन्ने शाब्दिक अर्थ राख्दछ। यस पवित्र मुन्दुमी स्थल सिलिचुङमा आदिमकालमा नछुङ–माङ्पा धामी बिजुवाहरुले आफ्ना गुरु बस्ने स्थान र आध्यात्मिक रुपमा सिली नाच्ने स्थलको रुपमा लिने गरीन्छ । त्यसैले किरातीहरुको सांस्कृतिक नायकहरु, नछुङ,माङ्पा,नागिरे,कुबी,ज्वाम्चो,मावी, दोवा,पासिङ, वाटाङ्पा,बुङ्पेन्मी,धामी बिजुवाहरु यारीचुरी माङमिछामा चिन्ता बस्दा मुन्दुमी शक्तिले सुप्तुलुंङ तिनचुला बाट सुरुवात गरेर खुवालुङ हुदै साल्पा सिलिचुङ सम्मको मुन्दुमी यात्रा गर्देछन । मुन्दुमी नछुङ,माङ्पा,धामी बिजुवाहरु वर्षेनी कार्तिक पुर्णिमा, बैशाख पुर्णिमा र भदौरे पुर्णिमामा मुन्दुमी शक्ति आर्जन गर्नको लागी साल्पा–सिलिचुङ जाने गर्दछन। यस अर्थमा साल्पासिलिचुङ किरातीहरुको निमित्त हिन्दुहरुको मानसरोवर ताल र कैलाश पर्वत, क्रिस्चियनहरुको जेरुसेलम, मुस्लिमहरुको मक्का–मदिना, बुद्धिस्टहरुको लुम्बिनी भने जस्तै र त्यतिकै महत्वपुर्ण पवित्र मुन्दुमी स्थल, किरात धार्मिक÷सांस्कृतिक स्थल तथा ऐतिहासिक किरात सांस्कृतिक सम्पदा हो। यस साल्पा सिलिचुङ छेत्रमा भूगर्भशास्त्री,पुरातात्वविद मानवशास्त्री,समाजशास्त्री,इतिहासविदहरुले गहन रुपमा पुरातात्विक खोज तथा अध्ययन अनुसन्धान गर्ने हो भने किरातीहरुको प्रागऐतिहासिक कालको इतिहास, प्राचिन किरात सभ्यताकालीन ऐतिहासिक तथ्य प्रमाणहरु प्राप्त गर्न सकिने सम्भावनाहरु देखिन्छ ।
साल्पा सिलिचुङमा सुम्निमा पारुहाङको प्रतिमा स्थापना,मुन्दुमी पुजाथान,वाबुक सोलोन्वा आकारको मुन्दुमी गेट र मुन्दुम संग्रहालय लगायत विभिन्न मुन्दुमी पात्रहरुको प्रतिमा स्थापना गर्ने यस पवित्र तथा ऐतिहासिक महाअभियानलाई सफल बनाऊनको लागी साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तराष्ट्रिय समितीले आर्थिक सहयोग,नैतिक भौतिक साथ सहयोग समर्थन गरीदिनु हुनको लागी विश्वभरको सम्पुर्ण किरातीहरु,किरात जन्य संघ संस्थाहरु लाई हार्दिक आवहान समेत गरेको छ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



