खोटाङमा असार सकिँदासम्म ३३.५ प्रतिशत रोपाइँ

कृषी ज्ञान केन्द्र खोटाङले असार मसान्त सम्म ३३.५ प्रतिशत खेतमा मात्र रोपाइँ सकिएको जनाएको छ । यो गत बर्षको तुलनामा थोरै हो । गत बर्ष असार २९ सम्म ५८ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको थियो।
जिल्ला भर गत आर्थिक बर्ष २०७८÷२०७९ को अनुसार असार मसान्त सम्म ५८ प्रतिशत रोपाइँ भएको थियो । यो आर्थिक बर्षमा २०७९÷२०८० को –असार मसान्त सम्म ३३.५ प्रतिशत ४ हजार ३२० हेक्टरमा क्षेत्रफलमा रोपाइँ भएको छ ।गत बर्षको तुलनामा असार सम्म २४.५ प्रतिशत रोपाइँ कम भएको हो ।
जिल्ला भर १२ हजार ८ सय ९८ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको छ । अझै कम्तीमा धान रोपाइँ साउन मसान्त सम्म हुने गरेको छ । आकाशे पानीको भरमा खेती गर्नु पर्ने कारण जिल्लाका कतिपय ठाउँमा मकै उठाएर रोपाइँ गर्ने कारणले यस बर्षको रोपाइँ ढिला भएको छ तैपनी रोपाइँ ढिला हुँदा धान उत्पादनमा कमी आउने जोखिम हुन्छ । अर्को तिर यो बर्ष महामारी रुपमा देखा परेको लप्पी स्किन रोगका कारण धान रोपाइँ प्रभावित हुन पुगेको छ । लम्पी स्किन रोगका कारण गोरु बिरामी हुँदा खेत रोपाइँ प्रभावित भएको कृषी ज्ञान केन्द्रले बताएको छ ।
यसापालीको आर्थिक बर्षमा कुन पालिका कति रोपाई
खोटाङ जिल्लाका दश स्थानीय तहको रोपाइँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३० प्रतिशत हलेसी तुवाचुङ नगरपालिकामा २५ प्रतिशत केपीलासगढी गाउँपालिकामा ३० प्रतिशत ऐसेलुखर्कमा गाउँपालिका २० प्रतिशत। साकेला गाउँपालिका ४० प्रतिशत दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ६० प्रतिशत यस्तै खोटेहाङ गाउँपालिकामा ५० प्रतिशत जन्तेढुंगामा ४० प्रतिशत बराहपोखरी गाउँपालिकामा २० प्रतिशत रावावेसी गाउँपालिकामा १५ प्रतिशत रोपाई भएको छ ।
खोटाङ जिल्लामा बिभिन्न किसिमका प्रजातिका धान रोपिन्छ खुमल ४, ८,१०,अटेमार्सी, भोटाङ्गे ताईचुङ, मकवानपुरे, रन्जित, च्यानम्पियन हाईब्रिड, युएस ३१२, सुख्खा २ प्रजातिका धान रोपाइँ हुने गरेको छ ।
गाउँबाट बसाइँसराइँ गरेर शहरमा जानु काम गर्न सक्ने जनशक्ति बैदेशिक रोजगारीको रहनु र पहिला जस्तै धेरै सन्तान नजन्माउनु लगायतका कारण अर्मपर्म गर्ने प्रचलन घट्दो छ पातलिँदै गएको ग्रामीण क्षेत्रका परिवारमा काम गर्न सक्ने जनशक्ति नहुँनु काम गर्ने सक्रिय उमेरका समुहका युवाहरु आन्तिरक तथा बाह्रय रोजगारीका लागि घर छाडेर हिँडनुपर्ने बाध्यका कारण ग्रामीण क्षेत्रको खेतीपातीको वेला समस्या हुने गरेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



