जिल्ला अदालत खोटाङमा ८० प्रतिशत मुद्दा फर्स्यौट, सबैभन्दा बढी सम्बन्ध बिच्छेदका मुद्दा

खोटाङ । जिल्ला अदालत खोटाङले चालू आर्थिक वर्षको ८० प्रतिशत मुद्दा फर्स्यौट गरेको छ । कुल ४९९ थान मुद्दा मध्य ३९९थान मुद्दा फस्यौट गरेको जिल्ला अदालतले बताएको छ । ३१९ थान मुद्दा फस्र्यौट गर्ने लक्ष्य भए पनि ३९९ थान मुद्दा फस्र्यौट गरेर लक्ष्य भन्दा बढी फर्स्यौट गर्न सफल भएको हो ।
जिल्ला अदालत खोटाङ एक सय थान मुद्दा फर्स्यौट हुन बाँकी रहेको छ । दुई वर्ष पुरानो बाँकी मुद्दा भनी शून्यमा झारेको छ ।
जिल्ला अदालमा सम्बन्ध बिच्छेद ९भिभोर्स० का मुद्दा अरु मुद्दाको तुलनामा बढी रहेका छन् । अदालतको तथ्यांक हेर्ने हो भने प्रत्येक वर्ष सम्बन्ध बिच्छेदका घटना बढ्दै गएका छन् । यस वर्षको तथ्यांक ४९९ मुद्दामध्ये २२८ मुद्दा सम्बन्धविच्छेदका रहेका छन् ।
अदालतमा आउने सम्बन्ध बिच्छेदका अधिकांश मान्छे २० देखि २७ वर्षसम्मका रहेका छन् । कलिलै उमेरमा विवाह गर्ने तर त्यसलाई व्यवस्थापन गर्न नसक्दा २५ वर्ष नाघेपछि अधिकांश जोडीहरु सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गर्न आउने गरेका छन् । पठाएको रेमिटान्स जथाभावी खर्च र दुरुपयोग गरेको कारण पनि सम्बन्ध बिच्छेद बढ्दै गएको छ । ६० प्रतिश मान्छे दुःख पाएर सम्बन्ध बिच्छेद गर्न आउने गरेको अदालतका श्रेस्तेदार यादवले बताए ।
सम्बन्ध बिच्छेद २२८, जवरजस्ती करणी ३८, बालबिवाह १, लागुऔषध ४, कर्तव्य ज्यान १०, चोरी १०, अभद्र व्यवहार १, मेलमिलाप २८ र जेष्ठ नागरिक १ थान मुद्दा दर्ता भएका छन् । १ सय थान मुदा बाकी रहेको मुद्दालाई चाडै फस्र्यौट गर्ने गरी काम गर्न लागिरहेको अदालतले जनाएको छ । मुद्दा लिएर आउने सेवा ग्राहीलाई राहतको महसुस हुने खालको काम भइरहेको र सेवा ग्राहीलाई बिचौलीयाको पछाडी नलाग्न आफैले मुद्दाको बिषयमा छलफल गरेर सल्लाह सुझाव दिएको जिल्ला अदातल खोटाङ श्रेस्तेदार रमाकान्त यादवले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



