सहकारी पीडित बचतकर्ताहरूले आफ्नो पैसा फिर्ता गर्न माइतीघरमा धर्ना

खोटाङ / देशभरीका सहकारी पीडित बचतकर्ताहरुले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् । बचतकर्ताको रकम अपचलन गर्दै सहकारी व्यवस्थापक र सञ्चालकले पैसा फिर्ता नगरेपछि सहकारी बचतकर्ताहरु काठमाडौंमा भेला भएर धर्ना दिइरहेका हुन्।

त्रिसठ्ठी दिनको धर्ना तथा रिले अनशनमा आन्दोलित सहकारी पीडित बचतकर्ताहरूको हस्ताक्षर संकलन सहित यहि साउन १८ गते बिहिवार बिहान ११ बजे शुरू हुने विशाल जनशक्ती सहितको जनप्रदर्शनमा सहभागिताको लागि माइतीघर मण्डला आउनुहोस् भन्दै आव्हान समेत गरिएको सहकारी पिडित बचतकर्ता महासंघ संघर्ष  समिती नेपालका सुचना बिभागबाट बृन्दा राज राईले बताउनु भयो  ।

बचतकर्ता पीडितहरूलाई सहकारीहरूले फिर्ता नगरेको सर्वसाधारणको बचत रकम फिर्ताका लागि स्थानीय तहदेखि केन्द्र सरकार सम्मले चासो नदिएपछि विशाल जनशक्ती सहितको आन्दोलन गर्न लागेका हुन्।

सहकारी पीडित बचतकर्ताहरूले आफ्नो पैसा फिर्ता गर्न आन्दोलन गरेका हुन्। ‘सहकारी पीडित बचतकर्ता महासंघ, संघर्ष समिति नेपाल’ स्थाना गरि देशभरका पीडित बचतकर्ताहरू संगठित रूपमा आन्दोलित भएका छन् ।