खोटाङमा २९ करोडको सुन्तला उत्पादन
खोटाङ /खोटाङमा एक बर्ष अवधिमा सुन्तला उत्पादन २९ करोड ८० लाख सुन्तला उत्पादन भएको छ । आर्थिक बर्ष २०७९÷८० मा यस जिल्लामा ७ सय ४२ हेक्टर क्षेत्रफलमा ३ हजार सात सय २५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र खोटाङ सूचना अधिकारी संजय कुमार पण्डित बताए ।
जिल्लाको उत्पादित सुन्तला अधिकांस जिल्ला बाहिर पुर्वी धरान, इटहरी, बिराटनगर, काठमाण्डौ लगायतका स्थानहरुमा जाने गरेको छ ।
आर्थिक बर्ष २०७८÷७९ मा ७ सय ४२ हेक्टर क्षेत्रफलमा सुन्तला खेति गरिएकोमा
३ हजार ३ सय ३१ मेटिक टन सुन्तला उत्पादन भएको थियो । जसमा २६ करोड ६४ लाख ८० हजार रुपैँयाको सुन्तला उत्पादन भएको थियो ।
यस्तै २०७७÷७८ मा पनि २६ करोड ६४ लाख बराबरको सुन्तला उत्पादन भएको थियो । त्यस बर्ष ७ सय ४० हेक्टर क्षेत्रफमा लगाइएको सुन्तला खेती बाट ३ हजार ३ सय ३० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
जिल्लामा सुन्तला उत्पादन प्रत्यक बर्ष बढ्दो अवस्थामा रहेको छ । सुन्तला खेतिबाट मनग्य आम्दामी हुन थालेपछि कृषक सुन्तला खेति तर्फ आर्कर्षित हुँदै आएका छन् ।
यस्तै जिल्लाका बिभिन्न ठाउँमा सुन्तला उत्पादन हुने गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल, नेर्पा, चिउँरीडाँडा, तल्लो भागमा सुन्तला उत्पादन सम्भाना रहेको छ । हलेसी तुवाचुङ नगरपालिका, सल्ले, महादेव स्थान, साकेला गाउँपालिका, मात्तिम, रतन्छा, दिप्रुङ चुइचुम्मा गाउँपालिका, याम्खा, छोरम्बु, खोटेहाङ सिम्पानी बर्रे, जन्तेढुंगा गाउँपालिका घोर्ले, कातिके, भिरगाउँ, बराहपोखरी गाउँपालिका सुन्तले र केपीलागढी गाउँपालिका बाक्सिला, सप्तेश्वर लगायतका स्थानमा सुन्तला उत्पादन हुने गरेको हो ।
जिल्लामा ६८ हेक्टर क्षेत्रफमा सुन्तला खेतिको सम्भावाना रहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल, पाथेका, खार्मी, र बसेरी यस्तै हलेसी तुवाचुङ नगरपालिका च्यास्मिटार रावावेसी गाउँपालिकाको लामिडाँडा खार्पा, द्रिपुङ चुइचुम्मा गाउँपालिका टेम्मा, बतासे, खोटेहाङ गाउँपालिका इन्द्रेणी पोखरी, लिकुवा पोखरी, सावाकटहरे, माथिल्लो भेग चिप्रिङ जन्तेढुंगा गाउँपालिका मालवासे, खुटा डाँडाखर्क, वाचिपाल, पाथिभारा, सोभे, सातमारा, र केराबारी लगायतका ठाउँमा सुन्तला उत्पादनको सम्भावना रहेको छ ।
सुन्तला उत्पादनको ब्लक १ दिप्रुङ चुइचुम्मा गाउँपालिका याम्खा, छोरम्बु, बतासे, र सुन्तला जातको ब्लक एक खोटेहाङ गाउँपालिका वडा नं ५,६र ८ सञ्चालित भएको थियो ।
खोटाङमा स्थानीय तहहरुले सुन्तला खेती गर्ने कृषकहरुलाई सहयोग गर्दै आएको छ । बिभिन्न जातका फलफुल बितरण रोगकिरा नियन्त्रण लागि बिषादी बितरण व्यवस्थापन गरिरहेको छ । जन्तेढुंगा गाउँपालिका सुन्तला भण्डारणको लागि शितभण्डारण गृह निर्माण भईरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
किसानहरुलाई सुन्तला उत्पादनमा प्राबिधिक ज्ञानको तथा बिरुवाको सहि पहिचान नहुनु रोगकिराहरुले समस्या पारि रहेको हुन्छ । सिट्रस ग्रीनीङ्ग क्याङ्गर आदि जस्ता रोग ले सुन्तला उत्पादन गिरावट आउन थालेको छ ।
बर्षेनि व्यवसायिक रुपमा उत्पादन हुँदै आएको सुन्तला गत बर्ष तुलनामा यस बर्ष ३ सय ९४ मेट्रिक टन सुन्तला उत्पादन बढेको छ । ११.८४ प्रतिश बृद्धि भएको हो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



