दुबै खुट्टा गुमाएका बसन्त पुलामी मगर भन्छन् मलाई र छोरालाई बचाइँदिनुस् ।
खोटाङ । कसको भाग्यमा के लेखेको हुन्छ कसलाई पो थाहा हुन्छ र । आफ्नो जिन्दगीमा यस्तो बज्रपात पर्छ भनेर कहिले सोचेका थिएनन् होला, इलामको माई नगरपालिका–८ का ४२ वर्षीय धनबहादुर पुनामी मगर (बसन्त) ले । वि.सं. २०७२ सालमा आफ्नो सपना बन्नका लागि विदेशको यात्रा तय गरेर बैदेशिक रोजगारका लागि मलेसिया जान टिकट समेत काटेर विदेश उड्न ठिक्क परेका पुलामी मगर एक्कासी शरीर काप्ने समस्याबाट ग्रसित बने । त्यसपछि उपचारका लागि उनी विराट नर्सिङ होम बिराटनगर, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर काठमाडौं, कञ्चनजंगा हस्पिटल झापादेखि भारतको सिलगुडीसम्म धेरै अस्पताल धाए । शरीरमा रगत बाक्लो भई ढिका–ढिका भएर खुट्टाको नसामा रगत जमेको पत्ता लागेपछि उनले खुट्टाको अप्रेशन गरे । तर उपचारमा लागेका पुलामी मगरको आफ्नो भएको सम्पूर्ण जायजेथा मात्र सकिएन केही गरौं भन्ने सपना बोकेर विदेश उड्न लागेका पुलामी मगरले दुवै खुट्टा गुमाउनु प¥यो । पटक–पटक अप्रेशन गर्नु परेपछि उनले दुबै खुट्टाको घुडामुनिको भाग गुम्माउन पुगेका हुन् । उनका खुट्टा मात्र गुमेनन् आफ्नो सारा सम्पति नै गुमाउनु प¥यो । २०७२ सालमा बायाँ खुट्टा गुमाएका पुलमी मगरले २०७७ सालमा दायाँ खुट्टा पनि गुमाउन पुगे ।
अरुको सहारामा बाँचीरहेका पुलामी मगर उपचारमा अहिलेसम्मको आफ्नो कमाई र भएभरको पूर्खौली सम्पति सकिएपछि अहिले मोरङको लेटाङ नगरपालिका–६ सुकेचौरीमा भाडामा बस्दै आएका छन् ।
दैनिक औषधि सेवन गर्नुपर्ने चिकित्सकको एकतर्फको सुझाव छ भने घरपरिपार हेर्नुपर्ने अर्को पिरलो छ । महिनाको १२ देखि १५ हजारको नियमित औषधी खानुपर्ने बाध्यतामा रहेका उनीसँग न कुनै जग्गाजमिन छ न त औषधि खाने पैसा नै । बाँचुन्जेल औषधि खानुपर्ने बाध्यता रहेको छ । श्रीमति तीन छोरा र एक छोरी रहेको परिवारमा कसैको केही कमाई छैन् । उनका २१, १५ र ११ वर्षका छोरा तथा १९ वर्षकी छोरी छन् । खुट्टाको अप्रेसनपछि नियमित औषधीको भरमा बाँचेका पुलामीलाई औषधि टुटाए झनै गाह्रो हुन्छ ।
उनी मात्र हैन् उनका ११ वर्षीय कान्छा छोरा दिवशलाई पनि ४ वर्षको उमेरदेखि घाँटीमा थाइराइडको समस्याले सताइरहेको छ । दुबैखुट्टा गुमाएका पुलामी भन्छन् कसैको सहयोग पाए आफु त कति बाँच्छु थाहा छैन तर छोरालाई बचाउन पाए हुन्थ्यो । छोराको अहिले सानै उमेर भएकाले औषधि मात्र प्रयोग गरिरहेका छौं । अहिले भएको जायाजेथा सबै सकिएपछि सहयोगी मनहरुप्रति अपिल गरेर किनिरहेका छौं । उपचारमा पूर्खौली सम्पती सकेका उनी ह्वील चिअरको साहारामा बाँचेका छन् । शुभेच्छुकले प्राइम बैंक लेटाङ मोरङ मा टेकमाया पुलामी मगरको नाममा रहेको खाता नम्बरमा सहयोग रकम जम्मा गरिदिन वा ९८६२३०३२३१ मा सम्पर्क गर्नका लागि बिरामीको परिवारले सहयोगको अपिल गरेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



