ऐसेलुखर्क गाउँपालिकाले वडा कार्यालय समक्ष प्रगती विवरण माग
मंसिर १३ बिहिवार, २०७५
खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले सबै वडा कार्यालयलाई प्रथम चौमासिक कार्य प्रगती विवरण माग गरेको छ । चालु आर्थिक वर्ष २०७५/०७६ को प्रथम चौमासिकमा सम्पन्न भएका लक्षित कार्यक्रम, कार्यान्वयनको अवस्था, लक्ष्य अनुरुप प्रगती हुन नसक्नुका कारण, सेवाग्राहीको सन्तुष्टिको अवस्था लगायतका बिषयमा लिखित विवरण पेश गर्न भनेको हो ।
वडाको नियमित काम, बजेट कार्यान्वयनको अवस्था, योजना सञ्चालन, योजना सञ्चालनमा भएका उपलव्धि, राजस्व संकलन लगायतका उपलव्धिका बिषयमा जानकारी लिनका लागि पालिकाका सबै ७ वडालाई विवरण माग गरिएको प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले बताए ।
वडा कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिलाई क्रियासिल बनाएर वडाको प्रगतीलाई पारदर्शी बनाउन प्रगती विबरण बारे जानकारी दिन भनिएको गाउँपालिकाले जनाएको छ । मंसिर ६ गते गरिएको पत्राचार अनुशार कतिपय वडाले उपभोक्ता समितिलाई तालिम दिइएको, उपभोक्ता समिति गठन गरिएको, वडा कार्यालय व्यवस्थापन गरिएको, सामाजिक सुरक्षाभत्ता वितरण गरेको, ज्येष्ठ नागरिकलाई परिचयपत्र बाँडिएको लगायतका जवाफ आएको प्रमुख प्रशासकीय अधिकृत निरौलाले बताए ।
‘साउनदेखि कात्तिकसम्ममा भएको कामको प्रगतीका बिषयमा जानकारी माग गरेका छौँ । धेरैजसो वडाले प्रगती विवरण पेश गरिसकेको छ, ‘निरौलाले भन्नुभयो, ‘सार्वजनिक कार्यालयको प्रगती विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था अनुसार नै वडाको योजनाको प्रगतीका बिषयमा जानकारी दिन भनिएको हो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



