बाराको पचरौता नगरपालिकामा ३ दिनमा २ जनाको हत्या
बाराको पचरौता नगरपालिकामा अघिल्लो ३ दिनमा २ जनाको हत्या भएको छ । आइतवार एक नेपाली नागरिकको हत्याको घटना सेलाउन नपाउदै हिजो फेरि भारतीय युवकको गोली हानी हत्या गरिएको हो । पचरौता नगरपालिका वडा नम्बर ६ स्थित नेपाल–भारत सीमावर्ती पकडियामा भारतको छौडादानो थाना सुखलैया निवासी २२ वर्षिय अजित सिंहको गोली हानी हत्या गरिएको अवस्थामा अवस्थामा मंगलबार बेलुका ६ः३० बजे शव फेला परेको हो । इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक रविभूषण यादवका अनुसार हत्या गरिएका युवकसँगै आएका ५ जनाको समूहले कन्चट र घाँटीमा गोली हानी भारततर्फ भागेका थिए । सिंह गाउँबाट भगाएर ल्याएकी कान्छी श्रीमती सोनमको साथमा बिगत ६ महिनादेखि सिम्रौनगढ नरपालिका वडा नम्बर ६ को गोरु बजारमा डेरा लिएर बस्दै आएका थिए ।
<span;> यसैबीच पचरौता नगरपालिकास्थित नेपाल–भारत सिमानामा रहेको दशगजा क्षेत्रमा भएको सशस्त्र प्रहरीका एकजना पूर्वजवानको हत्या अभियोगमा प्रहरीले २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीका पूर्वजवानका ३४ वर्षीय अमरेशकुमार सिंहको हत्या आशङ्कामा प्रहरीले भारतीय नागरिक राहुल साह र सामलाल महतोलाई पक्राउ गरेको हो । अनुसन्धानका क्रममा सिंहको हत्यामा तीन जनाको संलग्नता देखिएको र घटनामा संलग्न भएको आरोपमा भारतीय नागरिकहरू साह र महतोलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो । उहाँले घटनामा संलग्न एकजना फरार रहेको जानकारी दिनुभयो । सिंहको हत्या अभियोगमा पक्राउ परेका भारतीय नागरिक राहुल साहले दशगजाको नेपालतर्फ रक्सी पसल सञ्चालन गर्दै आएको र केही दिन पहिला सिंहसँग झगडासमेत भएको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढमा मृतक सिंहले भारतीय नागरिक साह र महतोलाई विपक्षी बनाई निवेदन पनि दिएकामा सोमवारको लागि दुवै पक्षलाई छलफलका लागि बेलाएको भए पनि सुतिरहेको अवस्थामा घरमा गई मृतक सिंहलाई बोलाएर दशगाजातर्फ लगी धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका साह, महतो र मृतक सिंहबीच कैयौँ पल्ट रक्सीको विषयमा झैझगडा भएको प्रहरीको भनाइ छ । पचरौता नगरपालिका–१ पचरौता गाउँ नजिक दशगजा क्षेत्रमा आइतवार राति धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा सिंहको शव फेला परेको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



