बझाङमा ६.३ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प, भत्किए घरहरू

बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६।३ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको छ । दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पले बझाङका विभिन्न स्थानमा पुराना घरहरू भत्किएका छन् । चैनपुर, थलारा लगायत क्षेत्रका घरहरु भत्किएको विवरण आएको छ । भवनहरु भत्किनुका साथै चर्किका छन् भने कतै पहिरो समेत गएको विवरणहरु आएका छन् । अहिलेसम्म मानवीय क्षति भएको विवरण भने आएको छैन । क्षतिको थप विवरण आउन बाँकी छ ।
आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङकै तालकोट केन्द्रबिन्दु भएर ५।३ म्याग्निच्यूडको भूकम्प गएको थियो । यी दुवै भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा र काठमाडौँसम्म महसुस गरिएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



