मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी २०८० सम्पन्न

 

खोटाङ ।  खोटाङमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी सम्पन्न भएको छ । जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोले आयोजना गरेको पाँच दिने मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी शनिबार सम्पन्न भएको हो ।

जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले असोज १७ गतेदेखि चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी सुरु भएको थियो । स्वदेसी तथा विदेसी चित्रकारले तयार पारेका लाइभ पेन्टिङ तथा जिल्लाका विभिन्न विद्यालयका छात्ररछात्राले तयार पारेको चित्रकला प्रदर्शन, स्थानीय परिकारको स्टल, सांगीतिक कार्यक्रम गर्दै मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी समापन गरिएको हो ।

सरस्वती माबिको प्रांगणमा आयोजित कार्यक्रम युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । सहभागीले विद्यालयको पर्खालमा झुण्ड्याइएका चित्र अवलोकन गरेका थिए ।

<span;>कार्यक्रमको अन्तिममा चर्चित गायक एबं नगरदूत राजेश पायल राईले दर्शक नचाएका थिए । चित्रकला तथा प्रदर्शनीमा नेपाल सहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकार आएका थिए ।

१८ जना विदेसी र २५ जना स्वदेसी चित्रकारले दिक्तेलको मझुवागढी, भवनगैरा, हाटडाँडा, शंखधर शाख्वा र शुभम फाउण्डेसनमा पुगेर क्यान्भासमा उतारेका थिए । कलाकारले क्यानभासमा उतारेका लाइभ चित्रकलालाई केही समयपछि काठमाडौं आर्ट ग्यालरीमा लगेर प्रदर्शनीको योजना बनाइएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए । वर्षाका कारण मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनीलाई प्रत्यक्ष अशर पुर्याएको थियो ।