दिक्तेलमा म्याद गुज्रिएको सामाग्री नष्ट
खोटाङ / खोटाङमा दशैं तिहार नजिकीए सँगै हुन सक्ने सम्भाबित कालो बजारीलाइ रोक्न घरेलु तथा साना उद्योग कार्यालय खोटाङले जिल्लाको दिक्तेल बजारमा रहेका बिभिन्न किराना पसल,कपडा पसल होटेल तथा शैलुनमा शनिबार अनुगमन गरेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय खोटाङ र सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहको संयोजकत्वमा बजारका खाद्य तथा किराना पसल ,होटल एबं शैलुनको अनुगमन गरेको हो ।
दिक्तेल बजार अनुगमन बाट स्ट्रम जुस, २४ वटा ,मिरिन्डा ७ वटा , नेपाल आर्ईस रक्सि ३ वटा ,ठुलो कोक ७ वटा ,सानो डिउ ५ वटा र जम्बु डिउ १ वटा बरामत गरि जम्मा रु ४०७० मुल्य बराबरको अखाद्य बस्तु नष्ट गरिएको बताईएको छ ।
अनुगमनको पहिलो चरणमा सचेतना सहित सानोतिनो म्याद गएको मात्र सरसमान बरामद गरिएको र आगामी दिनहरुमा पुनः त्यस्तो पाईएमा कडा कारबाही सहिद सम्पुर्ण समानहरु बरामत गरिने सहायक प्रमुख जिल्ला अधिकारी शाहले बताए ।
बजार अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत कार्यालय प्रमुख भेष राज खत्रि, सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाह, कर दाता सेवा कार्यलय खोटाङका कर अधिकृत नविन चन्द्र घिमिरे, खोटाङ उद्योग वाणिज्य संघका सचिव बिनोद खड्का , जिल्ला प्रहरी कार्यलय खोटाङका प्र.ना.नि गोपी कट्वल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तर्फ बाट मिन बहादुर बुढाथोकी, पत्रकारहरु साथै अन्य बुद्धिजिविहरुको उपस्थित रहेको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



