समाजबादी मोर्चाको जिल्ला कार्यासमिति गठन असोज २६ गते 

 खोटाङ / खोटाङमा नेपाल समाजवादी मोर्चा जिल्ला कार्यासमिति गठन  यही असोज २६ गते हुने भएको छ । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा  आज सोमबार  पत्रकार सम्मेलन गरेर समाजबादी मोर्चाको  जिल्ला कार्यासमिती गठन तथा सन्देश सभा गर्ने भएको हो ।

 

हरेक दलको मोर्चामा  दुई दुई जना सहभागी रहने गरी  जिल्ला कार्यासमिति गठन हुने अहिलेको सरकारलाई स्थायी र मजबुद बनाउनका लागि समाजबादी मोर्चा गठन भएको जसपाको जिल्ला संयोजक पाँचर्कण (पिके) राईले बताए ।

 

मोर्चाको नेतृत्व प्रत्येक छ, छ महिनामा नेतृत्व परिबर्तन हुने र समाजबादी मोर्चाका सहभागी पार्टीले नेतृत्व चक्रप्रणाली मार्फत नेतृत्व लिने छन् । हरेक पार्टीको छ महिना छ महिनामा संयोजक पालो आउने छ । जिल्ला कार्यासमिति गठन पछि पालिका स्तरीय मोर्चा गठन हुने बताइएको छ ।

यस मोर्चामा  पत्रकार सम्मेलनमा चार पार्टीको सहभागीता रहेको थियो । नेकपा माओवादी केन्द्र जिल्ला संयोजक दिपक पाण्डे (आकाश, नेकपा एकीकृत समाजवादी जिल्ला संयोजक तथा समाजवादी मोर्चाका हालका संयोजक जलसेर राई, जनता समाजवादी पार्टी जिल्ला संयोजक पाचँकर्ण राई (पिके) नेपाल, नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला संयोजक सञ्जिप थापा मगर लगायत समाजदीमा आस्था राख्ने मोहन गुरुङ, सुरेस तामाङ, निर्मल राई लगायत अन्य नेताको उपस्थित रहेको थियो ।

अहिलेको मोर्चाले नेपाली कांग्रेस, र राप्रपा सँग सुमधुर सम्बन्ध राख्ने र प्रतिगामी पार्टी नेकपा एमाले सँग कुनै सम्बन्ध नराख्ने समाजबादी मोर्चाका जिल्ला संयोजक जलसेर राई बताए ।

जिल्ला कार्यासमिति गठनमा जसपा बाट केन्द्रीय कार्याकारी सदस्य रकम चेन्जुङ, नेकपा एस बाट पुर्व मन्त्री राजन राई, माओवादी केन्द्र बाट टंक राई जिल्ला कार्यासमिति गठन सहभागी हुने नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक दिपक पाण्डेले बताए ।