समाजवादी मोर्चा जिल्ला खोटाङको संयोजक पिके खम्बु
खोटाङ समाजवादी मोर्चा जिल्ला खोटाङको संयोजन समिति जिल्ला समन्वय समितिको समिक्षालय हलमा शुक्रबार एक कार्याक्रम तथा सन्देशसभा कार्याक्रममा जनतासमाजवादी पार्टी खोटाङका पिके खम्बु को संयोजकमा आठ जिल्ला कार्यासमिति सदस्य गठन भएको छ । जिल्लामा चार पार्टीका कार्यासमिति सदस्य रहेको छन् । नेकपा माओवादी केन्द्र बाट दिपक पाण्डे आकाश, जिवन राई, जनता समाजवादी बाट खम्बु र निर्मल राई, नेकपा एस बाट जलसेर राई, दधि श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी, बाट सन्जिप मगर सि, सुदिप खत्री सि, जिल्लामा चार पार्टीको आठ जना जना चयन भएका छन् ।
जिल्ला कार्यासिमित गठनमा जनता समाजवादी जसपा बाट केन्द्रीय कार्याकारिणी सदस्य रकम चेन्जुङ केन्द्रीय , नेकपा माओवादी केन्द्रका केन्द्री अनुशान आयोगका अध्यक्ष तथा पुर्व संसद टंक राई, नेकपा एस बाट पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री राजन राई, नेपाल कम्युनिष्ट पार्टी, बिप्लब शैलेस बुढाथोकी सी, केन्द्रीय नेताले सम्बोधन गरेका थिए ।
कार्यक्रममा नेकपा एस अध्यक्ष जलसेर राईले मोर्चाको अवधारण मोर्चाको आवश्यकता, उद्धेश्य महत्व र नितीगत प्रतिबद्धता बारेमा प्रस्तुत गरेका थिए ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुद्धीकरण र संस्थागत विकास गरी मुलुकको विकास, समानता, सुशासन, सम्पन्नता, सामाजिक सुरक्षा, आर्थिक एवम् सामाजिक न्यायसहितको अग्रगामी रूपान्तरण तथा नेपाली विशेषताको समाजवादको लक्ष्य प्राप्तितर्फ दृढतापूर्वक अगाडि बढ्नका लागि मुलुकमा विद्यमान रहेको राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक एवम् सांस्कृतिक समस्या र चुनौतिको सामनागर्न तथा राष्ट्रिय राजनीतिमा पश्चगामी, यथास्थितिवादी र अग्रगामी राजनीतिक प्रवृत्ति विद्यमान रहेको वर्तमान अवस्थामा देशलाई अग्रगामी निकास दिन समाजवादी शक्तिहरूको पहलकदमी आवश्यकता छ भन्ने कुरा हृदयगम गर्दै एकतावद्ध संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन परिमार्जन संशोधन, परिमार्जन र विकासका साथै शान्तिप्रक्रियाका बाँकी कामहरूको पूर्णता र सङ्घीय शासन प्रणालीमा आधारित समतामूलक, न्यायपूर्ण, विभेदरहित समाजवादी गणतन्त्रात्मक व्यवस्था स्थापनागर्ने उद्देश्यले हामी निम्न साझा मुद्दा, लक्ष्य र उद्देश्यहरू प्राप्तिकालागि समाजवादी मोर्चा, नेपाल गठन भएको छ ।
मोर्चाका उद्देश्य तथा नीतिगत प्रतिबद्धताहरू
सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्नु मोर्चाको प्रमुख उद्देश्य रहेको छ । त्यस उद्देश्य प्राप्तिकालागि समाजवादी मोर्चा नेपालको वैचारिक एवम् राजनीतिक प्रतिबद्धताहरू निम्न बमोजिम रहेका छन् ।
१. सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको विशेषताहरू पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने ।
२. नेपालमा सदियौ देखि कायम रहि आएको वर्गीय, जातीय, भाषिक, क्षेत्रीय, लैंगिक र जात व्यवस्थाजन्य शोषण, उत्पीडन, असमानता र विभेदहरू अन्त्य गर्नका लागि निरन्तर छलफल र जनदवाव सृजना गर्ने ।
३. राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपले बहिष्करणमा परेका वा पारिएका मधेसी, आदिवासी जनजाति, खस, दलित, मुस्लिम, थारु, पिछडावर्ग, अल्पसंख्यक समुदाय, विपन्न वर्ग लगायतका सीमान्तकृत समुदायहरूको पहिचानको मान्यता, समावेशीकरण र सामाजिक न्यायको प्रत्याभूति गराउने कार्य अगाडि बढाउने
४. जनताको नागरिक र राजनीतिक अधिकारका साथै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूति गराउदै शान्तिपूर्ण, न्यायसंगत र समावेशी समाजको निर्माण गर्ने,
५. वित्तीय एकाधिकार तथा दलाल पुंजीवादको शोषण र हस्तक्षेप बाट मुक्त तथा सार्वजनिक, सहकारी र निजी क्षेत्रको समन्वयात्मक, सहकार्यात्मक क्रियाशील भूमिकाका आधारमा समाजवादी अर्थ राजनीतिक व्यवस्था अवलम्बन गर्ने प्रगतिशील कर प्रणाली लागू गर्न देशको अर्थ व्यवस्थामा नीतिगत तथा संरचनागत सुधार गरी उत्पादनमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार तथा समन्यायिक वितरणको व्यवस्थागर्ने ।
६. आन्तरिक र बाहय लगानीमैत्री वातावरण निर्माण गरी देशलाई औद्योगिकरण गर्ने, वैदेशिक रोजगारीबाट पुँजी र प्रविधिसहित फर्केका नेपालीहरूलाई देशभित्र रोजगार मूलक व्यवसायगर्न प्रोत्साहित गर्ने र उत्पादनका क्रियाकलाप वृद्धि गरी रोजगारी प्रदानगर्ने । गरिवी उन्मूलन र रोजगार प्रवर्द्धनको क्षेत्रहरूमा लगानी बढाउन तीनवटै तहको सरकारहरूलाई क्रियाशील बनाउने ।
७. वैज्ञानिक भू–उपयोग नीतिलागू गर्दै कृषिक्रान्तिको माध्यमबाट कृषिको औद्योगीकरण, व्यवसायिकरण र आधुनिकीकरण गरी कृषिमा निर्भर श्रमजीवी जनताको जीवनस्तर सुधार, समृद्ध र समुन्नत बनाउने, उर्जा, जलश्रोत, धन, उद्योग, वाणिज्य, पर्यटन, सूचनाप्रविधि भौतिक पूर्वाधार, यातायात लगायतको क्षेत्रलाई आर्थिक समृद्धिको सम्बाहकको रूपमा विकास गर्ने ।
८. शिक्षा, स्वास्थ्य जस्ता सामाजिक क्षेत्रहरूको रूपान्तरणका लागि राज्यले प्राथमिकता दिने । सबैकालागि गुणस्तरीय शिक्षा, स्वास्थ्यसेवा, रोजगार, सामाजिक सुरक्षा र आवासमा पहुँचको प्रत्याभूति गराउने । शिक्षालाई जनताको पहुँचभित्र राख्न सामुदायिक शिक्षा प्रभावकारी बनाउने । प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने ।
९, जलवायु परिवर्तन, वातावरणीय प्रदुषण र प्राकृतिक विपदका कारण उत्पन्न नकारात्मक असरलाई नियन्त्रण गर्ने, जैविक विविधता र पर्यावरणको संरक्षण गर्ने,
१० गुणस्तरीय सेवा प्रवाहकालागि सार्वजनिक प्रशासन चुस्त दुरुस्त बनाउने, अनुगमन र मूल्याङ्कनका परिपाटी स्थापित गर्ने, सामरिक योजना तर्जुमागर्ने, शासकीय सुधार गर्ने तथा देशमा देखा परेका अनियमितता, प्रशासनिक ढिलासुस्ति, भ्रष्टाचार, कमिशनतन्त्र जस्ता अपराध र विकृतिलाई नियन्त्रण गरी जनतालाई सदाचार र सुशासनको प्रत्याभूति गराउने,
११. सङ्घीयताको प्रभावकारी कार्यान्वयनकालागि सङ्घ, प्रदेश र स्थानीयतहका सरकारहरु बिचका क्षेत्राधिकारलाई स्पष्ट पार्ने, देशको राजस्व तथा स्रोत साधनहरू सन्तुलित र न्यायोचित रूपमा बांडफांट गर्ने र राज्यका तर्फबाट प्रदान गरिने सेवा सुविधाहरू जनतामा पुयाउन प्रदेश तथा स्थानीयतहलाई सक्षम बनाउँदै सङ्घीय समाजवादी प्रणालीलाई समृद्धगर्ने ।
१२. देशको स्वाधिनता, सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षा गर्न एवम जनताको समृद्धिका लागि संयुक्त राष्ट्रसङ्घको वडापत्र र पञ्चशीलको सिद्धान्तलाई आधारमानी स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीति अबलम्वन गर्ने,
१३. विगतका विभिन्न कालखण्डमा भएका आन्दोलनहरूका कारण विभिन्न दलका नेता÷कार्यकर्ताहरू माथि लगाइएका मुद्दाहरूको खारेजी र राजबन्दी रिहाईका लागि आवश्यक कानूनी र राजनीतिक पहलगर्ने । विभिन्न राजनीतिक दलहरूसँग भएका सहमति र सम्झौताहरू कार्यान्वयन गर्ने ।
१४ समाजको विविधता युक्त चरित्र अनुरूप राष्ट्रिय लोकतान्त्रिक र वैज्ञानिक संस्कृति प्रवर्द्धन गर्ने । जाति, भाषा, धर्म तथा संस्कृतिको क्षेत्रमा रहेका सम्पूर्ण भेदभावहरूको अन्त्य गरी राष्ट्रिय एकता प्रवर्द्धन गर्ने । प्रगतिशील कला, साहित्य र संस्कृतिको विकासलाई प्रोत्साहित गर्ने ।
१५. समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय सबै प्रकारका शोषण, उत्पीडन र विभेदहरूको अन्त्य गरी समता, स्वतन्त्रता एवम् न्यायमा आधारित सामाजिक व्यवस्था निर्माण गर्ने । श्रम–संस्कृतिलाई प्रोत्साहित गर्ने । श्रमजीवी जनताको पहल कदमीमा आर्थिक समृद्धिको माध्यमबाट आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्ने ।
३. सङ्गठनात्मक संरचना
मोर्चाको नीतिगत निर्णय गर्न सदस्य दलहरूको अध्यक्ष सहित तोकिएका प्रतिनिधिहरू रहेको एक संयोजन समिति हुने छ । उक्त समितिले आवश्यकता अनुसार उपसमितिहरू गठन गरी क्षेत्राधिकार तोक्न सक्ने छ । समितिले समान उद्देश्य नीति, कार्यक्रम बोकेका र मोर्चाका अवधारणालाई समर्थन गर्ने राजनीतिक दलहरूसंग वार्ता तथा संवादगरी यस मोर्चामा सामेल गर्नसक्ने छ ।
४. सचिवालय
मोर्चाले तय गरेको नीति, योजना र कार्यक्रमहरूको कार्यान्वयन र अनुगमनका साथै दैनिक कार्य सञ्चालन गर्न एक सचिवालय हुने छ जसमा सदस्य दलहरूबाट तोकिए बमोजिमका प्रतिनिधिहरू रहने छन् ।
५. सदस्यता र घटक दलहरूको स्वायत्तता
यस सहमति पत्रमा सहमति जनाई हस्ताक्षर गर्ने दलहरू यस मोर्चाको सदस्य हुने छन् । मोर्चा निर्माण भइसके पछिको अवस्थामा समितिले निर्णय गरी अन्य समाजवादी तथा प्रगतिशील दलहरूलाई पनि यसमा समावेश गर्न सकिने छ । यसका सदस्यहरूले मोर्चाको नीति, कार्यक्रम र उद्देश्य विपरीत हुने गरी आफनो गतिविधि गर्ने छैनन् । तर आफ्नो अलग कार्यक्रममा पार्टी नीतिअनुरूप काम गर्न स्वतन्त्र हुने छन् ।
६. मोर्चाको नेतृत्व र निर्णय प्रक्रिया
मोर्चाको नेतृत्व जिल्लाको शिर्ष नेताहरूले आलोपालो गर्ने छन् । यस मोर्चाको निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यता अनुरूप हुने छ । यस मोर्चाका सदस्यहरूले साझानीति, कार्यक्रम र उद्देश्यको आधारमा काम कारवाही गर्ने छन् ।
७. नीति तथा कार्यक्रम
मोर्चाले आफ्नो साझा नीति तथा कार्यक्रम, आचारसंहिता र आवश्यकता अनुसार कार्यविधिहरू बनाउने छ र समय सापेक्ष परिमार्जन गर्ने छ । मोर्चाले घटक सदस्यहरू बिच सहकार्यको संस्कृति विकास गर्दै केन्द्र देखि स्थानीय स्तरसम्म प्रचार प्रसार, अन्तक्रिया, आमसभा तथा आवश्यकता अनुसार संयुक्त सङ्घर्षका कार्यक्रमहरू सञ्चालन गर्ने छ ।
बुइपाकाे कार्यवाहक वडाअध्यक्षमा छत्रमान राई
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा शुभचन्द्र राई प्रथम
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङमा भरुवा बन्दुकसहित दुई जना पक्राउ
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
उत्कृष्ट कार्यसम्पादन गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा तीन जना विरुद्ध किटानी जाहेरी, थप दुई महिला पक्राउ
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
चिन्ताजनक तथ्यांक: खोटाङमा आत्महत्या गर्नेमध्ये १० जना बालबालिका
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
उच्च शिक्षा प्राप्त र शिक्षा नपाएका आमाबीच पूर्ण स्तनपानको दरमा अन्तर
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



