नेकपा एमाले ग¥यो दशै तिहार शुभकामना आदन प्रदान कार्यक्रम

 

खोटाङ÷ नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले ग¥यो दशै तिहार, छर्ठ, शुभकामना आदन प्रदान कार्याक्रम गरेको छ । घटस्थापना अवसर पारेर आइतबार पुष्पलाल स्मृति भवनमा आयेजित कार्यक्रममा शुभकामना आदन प्रदान गर्दै सामुहिक रुपमा सद्भावको टिका लागाउने कार्यक्रम गरेको थियो ।
नेपालीहरुको महान चाडर्वलाई हर्षेल्लासका साथ मनाउन आव्हानमा एमालेले दशै तिहार छठको अवसरमा प्रत्र्यक बर्ष सदभावका लागी शुभकामना आदन प्रदान र टिका लगाउने परम्परा बसाएको छ ।
एमालेका केन्द्रीय सदस्य एबं प्रदेशका पुर्व सामाजिक विकास मन्त्री उषाकला राईको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको हो ।कार्यक्रममा एमाले केन्द्रीय सदस्य एबं प्रदेशका पुर्व सामाजिक विकास मन्त्री राई, पुर्वसांसद कुलप्रसाद फुयाँल, जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई, नेपाली कांग्रेसकी महाधिबेसन प्रतिनिधि डिल्लीकुमारी आचार्य, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक दिपक पाण्डे, जनता समाजवादी पार्टीका उपाध्यक्ष निर्मल राई, एमाले कोशी प्रदेश लेखा आयोग सचिव ओमप्रकाश घिमिरे, उद्योग बाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्य, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य ध्रुवकुमार कार्की, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य मनकाजी राई लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

जिल्लाका राजनैतिक दल, कार्यालय, संघसंस्था, सर्वसाधारणबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै चाडपर्वलाई शान्तिपूर्ण, फजुल खर्च र मदिरारहित बनाउन आव्हान स्वरुप शुभकामना आदान–प्रदान गर्दै सामुहिकरुपमा सद्भावको टिका लगाइएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए । कार्यक्रमको अन्तिममा ज्येष्ठ नागरिक टंकप्रसाद आचार्यले दलका नेता, कर्मचारी, पेशागत संगठन, संघसंस्थाका प्रतिनिधि तथा पत्रकारलाई फूलटिका लगाइदिएर आशिर्वाद दिएका थिए । एमाले सचिव कुमार आचार्यले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष देवबिक्रम राईले स्वागत मन्तव्य राखेका थिए ।