स्वास्थ्यकर्मी बिरामी हुँदा डेलिभरी र अप्रेसन सेवा बन्द 

खोटाङ / जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मी बिरामी हुँदा डेलिभरी र अप्रेसन सेवा नै बन्द गरिएको छ ।

असोज ३० गते सूचना जारी गर्दै जिल्ला अस्पताल खोटाङमा अप्रेसनको क्रममा बेहोस बनाउने स्वास्थ्यकर्मी बिरामी भएको र उपचारको क्रममा काठमाडौ गएकोले अर्को ब्यबस्था नभए सम्मको लागि अस्पतालबाट सुबिधा दिन नसक्ने सूचनामा उल्लेख गरिएको छ  ।

 

दश स्थानीयतह रहेको जिल्लामा दक्षिणी भेग बराहापोखरी, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिका बाहेकका अधिकांस गर्भवती महिला स्वास्थ्य संस्थामा डेलिभरी हुन् नसकेको खण्डमा जिल्ला अस्पताल  पठाउने गरेको छन् ।