गायक पोखरेलले दिए पत्रकारलाई ल्यापटप र रेकर्डर
मंसिर १४ शुक्रवार, २०७५
खोटाङ । गायक धर्मराज पोखरेलले खोटाङका पत्रकारलाई ल्यापटप र रेकर्डर प्रदान गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क घर भई हाल बुढानिलकण्ठ नगरपालिका–८ काठ्माण्डौं बस्दै आएका लोकगायक पोखरेलले जिल्लाबाट सञ्चालित समायोजन खबर डटकमका सम्पादक चिसाङ शेर्पालाई एक/एक थान ल्यापटप र रेकर्डर, नवसंवाद पाक्षिकका प्रकाशक/सम्पादक कृष्ण आचार्य र नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राईलाई एक/एक थान रेकर्डर प्रदान गरेका हुन् ।

शुक्रबार दिक्तेलको होटल भिलेजमा एक कार्यक्रम गरी संगीतकर्मी पोखरेलले समायोजनखबर डटकमका सम्पादक शेर्पालाई लिनोभो ल्यापटप र रेकर्डर हस्तान्तरण गरेका छन् । यस्तै सोही कार्यक्रममा पत्रकार आचार्य र अध्यक्ष राईलाई सोनी कम्पनीको एक/एक थान रेकर्डर प्रदान गरेका हुन् ।

निष्पक्ष, स्वतन्त्र र सत्य सूचना सम्प्रेषणका लागि हौसलास्वरुप पत्रकारलाई सञ्चार सामग्री प्रदान गरिएको लोक गायक पोखरेलले बताए । ‘सञ्चार माध्यम सँधै निष्पक्ष हुनुपर्छ, स्वतन्त्र हुनुपर्छ,’ गायक पोखरेलले भने, ‘निष्पक्ष मिडियाबाट मात्र परिवर्तन सम्भव हुने भएकाले त्यही हौसलाका लागि सानो सहयोग गरेको हुँ ।’
यसअघि साउन २५ गते पनि गायक पोखरेलले रुपाकोट एफएम र हलेसी एफएमलाई एक/एक थान ल्यापटप र रेकर्डर प्रदान गरेका थिए । २०४८ सालमा रेडियो नेपालको चौतारीमा गाउँदै सांगीतिक यात्रामा लागेका पोखरेलका ‘उँडी जाने जेट, शिर–शिर वतास, पूर्व धरान, पश्चिम पोखरा लगायतका गीत बजारमा आइसकेका छन् । पेशाले ईन्जिनियर पोखरेल राजनीतिकर्मी पनि हुन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



