चित्रकलाले जिल्ला र नगरपालिकालाई विश्व जगतमा चिनायो नगरप्रमुख तिर्थराज भट्टराई
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी २०८० ले जिल्ला र नगरपालिकालाई विश्व जगतको मानसपटलमा गहिरो छाप बसाएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले नगरको सभाहलमा बिहीबार पत्रकार सम्मेलन गर्दै नेपालसहित १४ देशका ख्यातिप्राप्त चित्रकारहरुलाई दिक्तेल ल्याएर गरिएको पाँच दिने चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीले सिङ्गो जिल्ला र नगरपालिकालाई विश्व जगतमा चिनाएको जानकारी दिएको हो ।
आधुनिक कलाका पिता तथा लैनसिंह बाङ्देल जन्मिएको माटोमा गरिएको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीले चित्रकलामा स्वतः स्फूर्त रुपमा आफूलाई समर्पित गरिरहेका विद्यार्थीहरुलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित चित्रकारहरुको उपस्थिति र लाईभ पेन्टिङले चित्रकलाको महत्व बारे थप उर्जा मिलेको नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।
चित्रकलाबाट भोलि जिल्लालाई देश तथा विदेशमा सम्मान दिलाउन सक्ने प्रतिभा उत्पादन गर्न सकिने विश्वास लिएका छौ । नगरपालिका दावाका साथ भन्न सक्छ कि १४ देशका प्रतिष्ठित र सम्मानित चित्रकारहरुलाई नगरपालिकामा बोलाएर यस्तो कार्यक्रम गर्ने देशको पहिलो नगरपालिका हामी हौ । नगरप्रमुख भट्टराईले भने, यस कार्यक्रमबाट हाम्रो जिल्ला र नगरपालिकालाई विश्व जगतको मानसपटलमा गहिरो छाप पार्न सफल भएका छौ ।
चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीबाट जिल्लाको संस्कार, संस्कृति, सहिष्णुतालाई अन्तर्राष्ट्रियकरण गरेर आफ्नो पहिचान संस्थागत ढंगले स्थापना गर्ने हाम्रो अर्को उद्देश्य हो । चित्रकलाले पर्यटन प्रवद्र्धनबाट आर्थिक संमृद्धिको ढोका खुल्ने विश्वास छ । कला संस्कृतिको विकास हुन्छ । नगरप्रमुख भट्टराईले भने ।
नगरपालिकाको १८ लाख र धनु आर्ट स्टुडियो काठमाण्डौको आवश्यक वजेटमा पहिलो चरण अन्तर्गत नेपाल, अष्ट्रेलिया, वंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामबाट आएका चित्रकारहरुले नगरको सबै वडाहरुबाट प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र, जीवनशैलीको परिचय र पर्यटकीय महत्वसहित छनोट भएका र अन्य नौ वटा स्थानीय तहबाट छनोट तथा प्राथमिकीकरणमा परेका तस्विर तथा कतिपय ठाउँलाई क्यान्भासमा लाईभ पेन्टिङ गरेका थिए ।
दिक्तेलबजारको विभिन्न स्थानसहित शुभद्रा–मदन फाउण्डेसन र मझुवागढी उक्लेर लाईभ उतारिएको १०९ वटा क्यान्भास पेन्टिङलाई २० असोजमा सरस्वती नमूना माविमा युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुको प्रमुख आतिथ्यमा प्रदर्शनी गरिएको थियो । १७ असोजमा दिक्तेल आएका चित्रकारहरुले १८ असोजमा जालपा र खानीडाँडा, १९ असोज बिहान मझुवागढी अवलोकन गरेर विहान ९ बजेदेखि राती अबेरसम्म क्यानभासमा लाईभ पेन्टिङ गरेका हुन् ।
२० असोजको औपचारिक प्रदर्शनी कार्यक्रममा विदेशी कलाकारहरु नगरपालिकाको सदभावना दूत गायक राजेश पायल राईको सांगितिक प्रस्तुतीमा नाचेका थिए । अटोग्राफ लिएका थिए । २१ असोजमा कलाकारहरु काठमाण्डौ फर्केका थिए । मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीको दोश्रो चरणमा चित्रकारहरुले क्यानभासमा उतारेको चित्रहरुलाई नेपाल आर्ट काउन्सिल काठमाडौमा १५ दिने पर्दर्शनी गरिने र तेश्रो चरणमा संग्राहलयको रुपमा विकास गरी क्यान्भासहरुलाई सुरक्षित राखिने कार्य योजना रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
कतिपय विदेशी चित्रकारहरु स्वदेश फर्किसकेका र कतिपय नेपालमै बसेर लाईभ पेन्टिङ गरिरहेका छन् । नगरपालिकाले पत्रकार सम्मेलनमार्फत स्वदेशी तथा विदेशी चित्रकारहरु तथा अतिथि आयोजकलाई पाँच दिन निःशुल्क खाना र वासको व्यवस्था गरेर महत्वपूर्ण योगदान पु¥याउने शुभद्रा–मदन फाउण्डेसन तथा फाउण्डेसनका प्रवन्ध निर्देशक सुर्य राईलाई हार्दिक आभार प्रकट गरेको छ ।
यस्तै,कार्यक्रममा महत्वपूर्ण योगदान पु¥याउने राष्ट्रिय, अन्तर्राष्ट्रिय चित्रकारहरु, नगरपालिका परिवार, सरकारी निकाय, सम्पूर्ण सञ्चारमाध्यम तथा पत्रकार, खोटाङ उद्योग वाणिज्य संघ लगायत विभिन्न संघसंस्था, शैक्षिक संघसंस्था, दिक्तेलबजार सामाजिक गुठी, टोल विकास संस्थाहरु, बैंक तथा वित्तिय संस्थाहरु, आमा समूह, नगरबासी तथा जिल्लाबासी नागरिक, प्रत्यक्ष÷अप्रत्यक्ष योगदान पु¥याउने सबैलाई धन्यवाद दिएको छ ।
यस कारण मुन्दुम नामाकरण
मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी अन्तर्गत मुन्दुम शब्दलाई लिएर विभिन्न कोणबाट प्रश्न उठेको भन्दै मुन्दुम नामाकरण गर्नुको कारण नगरपालिकाले प्रष्ट पारेको छ । मुन्दुम एउटा जाति भाषी र समुदायको मात्र होइन । राई, लिम्बु जातिको पुरानो धार्मिक ग्रन्थ र लोक साहित्य हो भने, मुन्दुम किरातीहरुको मौखिक वाङमय हो ।
यहि संस्कार र संस्कृतिको सम्मानको भावले खोटाङ जिल्ला माझ किरातमा सांस्कृतिक एकता, भातृत्वभाव र भाईचारा सम्बन्धलाई अभिभावकत्व दिन सक्ने भौगोलिक आवश्यकता भएकाले पवित्र र सम्मानित शब्द ‘मुन्दुम’ चयन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



