श्रीमानको चिर्पट प्रहारबाट श्रीमतीको मृत्यु
खोटाङ /खोटाङमा श्रीमानको चिर्पट प्रहारबाट श्रीमतीको ज्यान गएको छ । ज्यान गुमाउनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल लालिखर्क फलाँटेका ३६ वर्षीया लाक्पा डिकु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोतम खड्काका अनुसार ४० वर्षीय दावा शेर्पाले मादक पदार्थ सेवन गरी चिर्पट प्रहार गर्दा श्रीमती ल्हाक्पा डिकुको ज्यान गएको हो ।
मादक पदार्थ सेवन गरेका दावा र श्रीमतीविच सामान्य वादविवाद हुँदा विहीबार साँझ अन्दाजी ७ बजे चिरपट प्रहार गरेका श्रीमतीको शव घरदेखि अन्दाजी २०० मिटर टाढा गोरेटो बाटोमा मृत अवस्थामा फेला परेको बताइएको छ ।
चिर्पट प्रहार गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको खोटाङ प्रहरीले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



