बेपत्ता भएकी बृद्धा सकुशल फेला
खोटाङ,खोटाङमा बेपत्ता भएकी बृद्धा सात दिनपछि सकुशल फेला परेको छ । दशैको टीका अर्थात ७ कार्तिक दिउँसोदेखि घरै नजिकबाट बेपत्ता भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीकी ६८ वर्षीया जैसीमाया ढुंगाना सोमबार आज फेला परेकी हुन् । बृद्धाकी आफन्त नरेन्द्र ढकालका अनुसार आमालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा टारी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ सिमाना दिखुवाखोला पुलको माथि पहरामा बिहान ११ः५० बजे सकुशल बसिरहेको अवस्था भेटिएको हो । बृद्धा आमा सकुशल भेटियो । उहाँले आफन्त तथा सबैलाई चिन्ने अवस्थामा हुनुहुन्छ । ढकालले भने । प्रहरीले पनि बृद्धा भेटिएको अफिसियल फेसबुकमार्फत जानकारी दिएको छ । सहयोगी महानुभावहरुमा आभार, आमा भेटिनु भाको छ । प्रहरीले फेसबुकमा लेखेको छ । बृद्धाको स्वास्थ्य परीक्षण गर्न जिल्ला अस्पतालमा ल्याईदै गरेको डिएसपी पुरुषोत्तम खड्काले बताए । आमा सात दिनसम्म हराउनु भयो, परिवारबाट टाढा हुनु भयो । स्वास्थ्यमा केही समस्या छ÷छैन भनेर जाँच गर्न प्रहरीले गाडीमा आमालाई अस्पताल ल्याउँदै छ । स्वास्थ्य चेकजाँचपछि आमालाई परिवारको जिम्मा लगाउँछौ। डिएसपी खडकाले भने । आमा भेटिएको स्थानीयले खबर गरेका थिए । बेपत्ता बृद्धाको आफन्त, स्थानीय र प्रहरीले खोजी गर्दा नभेटेपछि शनिबार र आईतबार प्रहरीको तालिमप्राप्त दुई वटा कुकुर परिचालन गरी बृद्धाको खोजी पनि गरिएको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



