बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा तालखर्कका पुरी पक्राउ

 

खोटाङमा बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल तालखर्कका २१ वर्षीय प्रकाश पुरी हुन् ।

 

पुरीले ११ कार्तिकमा तालखर्कमै सानिआमा नाता पर्नेको घरमा आई बसेकी ९ वर्षीया बालिकालाई घरमा अभिभावकहरु नभएको अवस्थामा जबर्जस्ती करणी प्रयास गरेको भनि अस्थाई प्रहरी चौैकी तालखर्कमा जानकारी आएको थियो ।
प्रहरीमा जानकारी आउनसाथ तालखर्कबाट प्रहरी टोली खटि पुरीलाई सोही दिन नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरिक्षक पुरुषोत्तम खड्काले बताउनु भयो ।