राप्रपा (प्रजातान्त्रिक)खोटाङको अध्यक्षमा पोखरेल

मंसिर १४ शुक्रवार, २०७५

खोटाङ । राप्रपा (प्रजातान्त्रिक) खोटाङको पुःर्नगठन गरिएको छ । शुक्रबार दिक्तेलमा भएको भेलाले धर्मराज पोखरेलको अध्यक्षतामा २१ सदस्यीय राप्रपा (प्रजातान्त्रिक)को जिल्ला कार्य समिति पुःर्नगठन गरिएको हो ।

राप्रपा (प्रजातान्त्रिक)को जिल्ला उपाध्यक्षमा चन्द्रबहादुर बुढाथोकी, मानबहादुर बस्नेत र चन्द्रकुमारी राई (तारा), सचिवमा गंगाबहादुर श्रेष्ठ र कोषाध्यक्षमा तिलक आचार्य चयन भएका छन् ।

यस्तै, देवीप्रसाद घिमिरेको अध्यक्षतामा राप्रपा (प्रजातान्त्रिक) निकट ९ सदस्यीय किसान संगठन गठन गरिएको छ । संगठनको उपाध्यक्षमा फडिन्द्र खत्री, सचिवमा देबराज खड्का र कोषाध्यक्षमा लोकबहादुर कार्की चयन भएका छन् ।

राप्रपा (प्रजातान्त्रिक) का सहायक महामन्त्री तथा किसान संगठनका केन्द्रीय अध्यक्ष ध्रुब रायामाझीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्रपा (प्रजातान्त्रिक) की सहायक महामन्त्री विजयकला राई, राप्रपा (प्रजातान्त्रिक) का केन्द्रीय सदस्य अमर केसी लगायतको उपस्थितिमा पार्टी र किसान संगठन पुःर्नगठन गरिएको हो ।