चक्र अन्जु राई फाउन्डेसनको आयोजनामा कार्तिक २१ गते वक्तृत्वकला प्रतियोगिता हुने
खोटाङ । चक्र अन्जु राई फाउन्डेसनले दोश्रो साधारणसभाको अवसरमा अन्तर मा. वि. वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ ।
“नेपाल विकासमा पर्यटनको भुमिका” शिर्षकमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका -३ स्थित श्री सावित्रा मा. वि. को प्राङ्गणमा यहि कार्तिक २१ गते अन्तर मा. वि. वक्तृत्वकला प्रतियोगिता गरिने फाउन्डेसनका अध्यक्ष लिला बहादुर खत्रीले बताउनु भएको छ ।
२१ गते ठिक १० बजेबाट सुरु हुने कार्यक्रममा एक विद्यालयबाट एकजना सहभागी हुन पाइने छ । सहभागीहरुले माध्यामिक तह खुल्ने विद्यालयको प्रमाणित पत्रसहित २० गते भित्र नाम दर्ता गराइसक्नुपर्ने छ ।
कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई प्रमाणपत्र सहित क्रमशः १०,०००( दश हजार), ७,०००( सात हजार), ५,०००( पाँच हजार) र २,०००(दुई हजार) पुरस्कारको व्यवस्था रहेको छ ।
साथै,फाउन्डेसनले दोश्रो साधारणसभाको अवसरमा विद्यार्थीहरुलाई छात्रावृती वितरण, उत्कृष्ट गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई स्टेसनरी सामान वितरण तथा अपांगता भएका व्यक्तिलाई आर्थिक सहयोग वितरण कार्यक्रम समेत गरिने फाउन्डेसनका अध्यक्ष खत्रीले जानकारी दिएका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



