पुष्पलाल मध्यपहाडी पहाडी राजमार्ग अन्तर्गत दुर्घटना जोखिम सडकलाई नेपाली सेना स्थानीय बासीद्धारा मर्मत
खोटाङ÷पुष्पलाल मध्यपहाडी पहाडी राजमार्ग अन्तगर्त सेखुवा चखेवा पंखु खोला नजिकको दुर्घटना जोखिम सडकलाई नेपाली सेना र स्थानीय बासीले श्रर्मदान मार्फत सडक मर्मत गरेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालीका लामिडाँडा र बुवासुङ अन्तगर्तको सडक मर्मत साथै सोलिङ गरेका हुन्् ।
श्री गोरखनाथ मुडे ब्यारेकका २५ जना नेपाली सेना र स्थानीय बासीको सहयोगमा दुर्घटना जोखिम सडकलाई मर्मत कार्य गरेको हो । सडकलाई तिन दिनसम्म मर्मत कार्य हुने र सो मर्मत कार्यलाई करिव ७५ मिटर सम्म सोलिङ गर्ने स्थानीय बासिले बताएका छन् ।
श्रर्मदानमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर प्रमुख तिर्थराज भट्टराइको समन्वय र ९ नम्बरका वडाका वडा अध्यक्ष दिनेश कठेतको व्यवस्थापन तथा पहलमा नेपाली सेना स्थानीय बासीको सहयोगमा श्रर्मदान कार्य भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर तिर्थराज भट्टराईले बताउनु भयो ।
निमार्ण कम्पनीले भारत कन्स्ट्रक्सन ÷मैनाचुली ÷सिद्धिसाई जेभी चखेवा भञ्याङ सेखुवा १० किलोमिटर सडक खण्ड कालोपत्रे योजना ठेक्का लिएको थियो भारत कन्स्ट्रक्सन ÷मैनाचुली ÷सिद्धिसाई जेभीले २०७५ फागुन ३० सम्ममा सम्पन्र गर्ने गरि २०७२ चैत २ गते चखेवा भञ्याङ सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो ।
ठेकेदारले चखेवाभञ्याङ सेखुवा सडक कालोपत्रेको काम पुरा गर्ने छाँट नदेखाएको कारण पुष्पलाल मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयले ठेक्का तोड्नका लागि सडक बिभाग ठेक्का सम्झौता रद्द गरिसकेको छ । भनि उच्च अदालतबाट कालोपत्रे योजना ठेक्का तोडने निर्णय हाललाई कार्यान्वय नगर्न स्टे अर्डर जारि गरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ बुवालुङ र लामीडाँडा जोडने १५ मिटर लम्बाईको पुलको दुई तिरको पिलर मात्र ठडयाउने बाहेक काम भएको छैनन् पंखु खोलाको पुल दुई करोड २९ लाखमा पुरा गर्ने गरि सिरुवा कन्ट्रक्सनले ७ असोज ०७२ मा ठेक्का सम्झौता गरेको थियो २०७५ असार मसान्तमै सम्पन्र गर्नु पने निमार्ण हाल सम्म अलपत्र परेको पटक पटक म्याद थप गर्दा पनि निमार्ण कार्य पुरा नगर्दा पुलको ठेक्का भनी तोडिसकेको छ । पुलको पुरा नहुँदा पिलर रड खियाले खाईसकेको छ । पुल निमार्ण अलपत्र अवस्थामा हुँदा स्थानीय बासीले सास्ती खेप्दै आएका छन् ।

खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



