खोटाङका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पक्राउ

 

शिक्षा विकास तथा समन्वय इकाइ खोटाङका प्रमुख शैलेन्द्र थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय, खोटाङका एक प्रहरी अधिकृतले थापालाई गएराति २ बजे नियन्त्रणमा लिइएको जानकरी दिए।
थापाकी श्रीमतीको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
उनलाई किन नियन्त्रणमा लिइएको हो भन्नेबारे ती प्रहरी अधिकारीले स्पष्ट खुलाउन चाहेनन्। यद्यपि, पारिवारिक समस्याका कारण श्रीमतीले दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बताएको छ ।