हलेसी तुवाचुङ नगरपालिकाले भूकम्प पीडितका लागि ११ लाख ५१ हजार पठायो
हलेसी तुवाचुङ नगरपालिका खोटाङका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले जाजरकोट र रुकुमका भूकम्पपीडित परिवारका लागि राहतस्वरुप आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकगरी ७०४ जना व्यक्तिले नियमित पाउने दुई दिनको तलबभत्ता नगरपालिकाको तर्फबाट कटाएर ११ लाख ५१ हजार १०० भूकम्पपीडितका लागि राहतस्वरुप आर्थिक सहयोग रकम उपलब्ध गराएको हो ।
भूकम्पपीडितका लागि राहतस्वरुप सङ्कलन गरिएको रकम प्रधानमन्त्री दैविप्रकोप उद्दार कोषमा जम्मा गरिएको नगर प्रमुख विमला राईले जानकारी दिईन।
“कातिक–१७ गते राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट, रुकुम र आसपासका जिल्लाहरुमा ठूलो जनधनको क्षति भएको छ ।
यसप्रति हाम्रो नगरपालिका दुःख व्यक्त गर्दछ । यो संवेदनशील घडीमा नगर कार्यपालिकाको कातिक–१९ गते बसेको बैठकको निर्णयअनुसारले जनप्रतिनिधि, कर्मचारी र शिक्षकले पाउने दुई दिनको तलबभत्ता कटाएर भूकम्पपीडितका लागि राहतस्वरुप ११ लाख ५१ हजार १०० रकम उपलब्ध गराइएको छ”, नगर प्रमुख राईले जारी गरको विज्ञप्तिमा भनिएको छ, ।
“भूकम्पका कारण मृत्यु भएका व्यक्तिहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दछौँ ।”
दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि राहत स्वरुप सहयोग रकम उपलब्ध गराउने हलेसी तुवाचुङ नगरपालिका पहिलो बनेको छ । जिल्लाका अन्य स्थानीय तहले पनि जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि राहत रकम उपलब्ध गराउने तयारी गरिरहेको बुझिएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



