जिल्ला स्तरीय अन्तर मा. वि वक्तृत्वकला प्रतियोगिताको उपाधी  साबित्रा मा. वि. बाम्राङले हासिल

 

खोटाङ । चक्र अन्जु राई फाउन्डेसनको आयोजना आयोजित जिल्ला स्तरीय अन्तर मा. वि वक्तृत्वकला प्रतियोगिताको प्रथम उपाधी श्री साबित्रा मा. वि. बाम्राङले हासिल गरेको छ ।
चक्र अन्जु राई फाउन्डेसनको दोश्रो साधारण सभाको अवसरमा आयोजित जिल्ला स्तरीय अन्तर मा. वि वक्तृत्वकला प्रतियोगितामा साबित्रा मा. वि. बाम्राङकि कक्षा १० मा अध्ययनरत छात्रा असिमा भण्डारी प्रथम भएकी छिन् ।
त्यसै गरि श्री मा. वि. लफ्याङकि कक्षा १० मा अध्ययनरत छात्रा सुदिक्षा अधिकारी द्वितीय, श्री चम्पावती मा. वि. विजयखर्ककि ९ मा अध्ययनरत छात्रा जेशिका ढकाल तृतीय र श्री दिक्तेल बहुमुखी क्याम्पसका कक्षा १२ मा अध्ययनरत छात्र युवराज खड्का सान्त्वना भएका छन् ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयहरुलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र २ हजार सहित प्रमाणपत्र प्रदान गरिएको चक्र अन्जु राई फाउन्डेसनका अध्यक्ष लिला बहादुर खत्रीले जानकारी दिनुभयो ।

साथै, नियमित छात्रवृत्ति वितरण , बाम्राङका विभिन्न विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण साथै अपांगता महिला लिला माया खत्रीलाई न्यानो कपडा वितरण समेत गरिएको फाउन्डेसनका अध्यक्ष खत्रीले बताउनुभयो ।

आज मंगलबार श्री सबित्रा मा. वि बाम्राङको प्रङ्गणमा आयोजित यस कार्यक्रम जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो।