खोटाङमा गाडी चढ्ने ज्येष्ठ नागरिकले पाएनन् भाडामा छुट
दिनराज कार्की\
खोटाङ जिल्लामा जेष्ठ नागरिकले यातायात सेवा सुविधामा पाएका छैनन् । जिल्ला अधिकांस जेष्ठ नागरिकहरुको गुनासो रहेको छ । सरकारले ज्येष्ठ नागरिकहरुका लागि सार्वजनिक सवारी साधनमा दिएको आरक्षण र ५० प्रतिशत भाडा छुट खोटाङमा कार्यान्वयन हुन सकेको छैन । जेष्ठ नागरिकका लागि सार्वजनिक सवारी साधनले जेष्ठ नागरिकका लागि आरक्षण सीट छुट्याए पनि उनीहरु पूरै भाडा तिर्न बाध्य भएका छन् । भने सरकारले दिएको छुट खोटाङमा अहिले सम्म प्रभावकारी रुपमा कार्यान्वयन नभएको जिल्ला जेष्ठ नागरिक संघ जिल्ला अध्यक्ष दुर्गा प्रसाद घिमिरेले बताउनु भयो ।
सरकारले ज्येष्ठ नागरिकका लागि बनाएको निर्देशिका अनुसार ६० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकहरुका लागि दुईवटा सिट आरक्षण दिनुपर्ने उल्लेख छ । जिल्लामा पुर्णरुमा कार्यान्वयन भनी भएको छैन् । ज्येष्ठ नागरिकका लागि दुई सिट आरक्षण मात्र होइन, आरक्षण सिटमा बसेका दुई जनाले ५० प्रतिशत कम भाडा तिरे पुग्छ ।
सार्वजनिक सवारी साधनमा यात्रा गर्दा सबै भन्दा पहिले चढेका दुईजना ज्येष्ठ नागरिकलाई आरक्षण सिट र सहुलियतको ब्यवस्था गरिएको छ ।आरक्षण सीटमा बसेका दुईजनाले ६० वर्ष कटेको परिचयपत्र देखाएपछि भाडामा ५० प्रतिशत छुट पाउँछन् ।
आरक्षण सीटमा नबस्ने वा उभिने वृद्ध वृद्धाले भने ६० वर्ष कटे पनि भाडामा छुट पाउँदैनन् । भाडा छुट पाउन आरक्षण सीटमा बसेकै हुनुपर्छ । गाडीमा यात्रा गर्दा आरक्षित ज्येष्ठ नागरिकको दुई सिट बाहेक पनि अन्य ज्येष्ठ नागरिकलाई पनि सम्भव भए सम्म सिट मिलाउनुपर्ने निर्देशिकामा जनाइएको छ । ज्येष्ठ नागरिकहरुले ज्येष्ठ नागरिक प्रमाणका रुपमा महिला तथा बालबालिका मन्त्रालयले जारी गरेको ज्येष्ठ नागरिकता प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, ड्राइभिङ लाइसेन्स वा पेन्सनपट्टालाई आधार मान्न सकिने उल्लेख रहेको छ ।
ज्येष्ठ नागरिकहरुलाई सरकारले सुविधा दिने निर्णय गरे पनि लागू नगरेको घिमिरे बताउँछन् । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा वा कुनै पनि सार्वजनिक स्थानमा सेवा लिँदा अपमानित हुनुपर्ने अवस्था रहेको ज्येष्ठ नागरिकहरुको गुनासो छ ।
खोटाङ यातायात व्यवसायी महासंघ भने नेपाल सरकारले जेष्ठ नागरिकलाई दिएको छुट पुर्णरुपमा कार्यान्वय गरेका बताएको छ । सेवा सुविधा सबैलाई दिन सकिदैन् जो पहिला आउनु हुन्छ । उहाहरुले सुविधा पाउनु हुन्छ । दुई जना सम्म आरक्षण सिट दिएका छौ । बसमा एकजना र सिुमोमा एक जनालाई आरक्षण सिट दिने गरेको र पछि आउने जेष्ठ नागरिकले सुविधा नपाउँदा असन्तुष्ट बढेको यातायात व्यवसायी संघका महासचिव राम हिमाङ बताउनु भयो यस सुविधाका सवारी साधनमा चढ्दा यातायात व्यवसायी महासंघले जेष्ठ नागरिक परिचयपत्र अनिवार्य गरेको हिमाङले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



