खोटाङमा देउसी भैलो राती १० बजेसम्म मात्रै खेल्न पाईने
खोटाङ । खोटाङमा देउसी भैलो कार्यक्रम राती १० बजेसम्म मात्रै खेल्न पाईने भएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै देउसी भैलो राती १० बजेसम्म मात्रै खेल्न अनुरोध गरेको छ।
प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले शुक्रबार जारी गरेको सूचना अनुसार चाडपर्वहरुमा भुईचम्पा, पटका, रकेट जस्ता विस्फोटक र ज्वलनशील पदार्थको प्रयोगले आगलागी हुने धनजनको क्षति हुने तथा मानव स्वास्थ्य र वातावरणमा समेत प्रतिकुल असर पर्ने भएकोले यस्ता वस्तुहरुको ओसारपसार खरिद बिक्री र प्रयोगमा पूर्णतः रोक लगाईएको बताउनुभयो ।
उज्यालोको पर्व तिहारलाई झिलिमिली बनाउने तथा लक्ष्मी पुजा गर्ने क्रममा झिलिमिली बत्ति मैन बत्ति जस्ता साधन प्रयोग गर्ने कुरामा विशेष ध्यान दिन, चाडपर्वमा प्रयोग हुने मिठाई रोटि जस्ता वस्तुमा विभिन्न प्रकारका अखाद्य तथा गुणस्तरहिन वस्तु बिक्री वितरण नगर्न प्रशासनले आग्रह गरेको छ ।
सार्वजनिक स्थलहरुमा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने, झै–झगडा गर्ने, जुवा तास खेल्ने जस्ता कार्य समेत नगर्न अनुरोध गरिएको छ।
कोही कसैबाट यस प्रकारका गैर कानूनी क्रियाकलाप भए गरेको पाईएमा प्रचलित कानून बमोजिम कडा कारवाही गरिने पनि सूचनामा जनाईएको छ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



