बराहपोखरीको प्रचार -प्रसार गर्न सांस्कृतिक महोत्सवको आयोजना
खोटाङ/ खोटाङको धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीको प्रचार-प्रसार गरि पर्यटकीय गन्तव्य स्थापना गर्न सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ।
बराहपोखरी गाउँपालिकाको आयोजना तथा खोटाङ कलाकार समाजको सहआयोजनमा आगामी मंसिर ६ गते महोत्सव गरिने भएको हो।
हरिबोधनी एकादशीको अघिल्लो दिन विशाल मेला लाग्ने बराहपोखरीमा गाउँपालिकाभित्रका विभिन्न जातजातिको आ-आफ्नो मौलिकता, संस्कृति र पहिचान झल्काउने र स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सहभागीतामा महोत्सव गरिने गाउँपालिकाका अध्यक्ष शालिकराम बन्जाराले जानकारी दिए।
सधैंझै हरिबोधनी एकादशी यस पटक मंसिर ७ गते परेको छ, त्यसको अघिल्लो दिनदेखी नै यहाँ विशाल मेला लाग्छ। त्यहि मेलाको अवसरमा हामीले सांस्कृतिक महोत्सवको आयोजना गरेर बराहपोखरीको थप प्रचार- प्रसार गरि पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउन लागि परेको बन्जाराले बताए ।
कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य रामकुमार राई (पासाङ), विशिष्ट अतिथि प्रतिनिधिसभा सदस्य सरस्वती बजिमय अतिथिमा खोटाङ प्रदेश (क) का प्रदेशसभा सदस्य पाँचकर्ण राई (पिके) र प्रदेश (ख) का प्रदेशसभा सदस्य भुपेन्द्र राईको सहभागीता रहने आयोजकले जनाएको छ।
मेलालाई लक्षित गर्दै गाउँपालिकाले पालिकाभरी दुई दिन सार्वजनिक बिदासमेत दिएको छ।
बराहपोखरी सरकारले एक सय गन्तव्य सूचिभित्र तोकेको ठाउँ हो ।
बराहपोखरीमा मेला अवधिभर बालन र
संगिनी नाच्ने प्रचलन छ। पश्चिम किनारामा रहेको
शंखेश्वर महादेव मन्दिरको वरिपरि आफ्नो पितृको सम्झनानामा भजन, कीर्तन र रुद्रीपाठ गर्न दर्शनार्थी बराहपोखरी आउने गरेका छन् ।
बराहपोखरीमा रहेको मेला भर्न, घुमफिर गर्न, दर्शन गर्न र पोखरीको दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । ४. ४६ हेक्टरमा फैलिएको ‘अर्धचन्द्राकार’ पोखरीमा पाइने दुर्लभ रातो माछाले समेत पर्यटकको मन लोभ्याउने गरेको छ ।
बराहताल चारैतिर पहाडले घेरिएको उपत्यकाको बीच भागमा रहेका कारण माथिका डाँडाबाट झनै मनमोहक देखिन्छ ।
मुहान नदेखिने बराहपोखरीको सुरुङबाट पानी निकास हुने गरेको बताइन्छ ।
बराहपोखरीमा हरेक रामनवमी, शिवरात्री,बालाचतुर्दशी, माघे संक्रान्तिका दिन सतबीज छर्ने चलन छ ।
बराहपोखरीको दर्शन गरे र पोखरीको पानीले नुहाए शरिरका रोगब्याधी निको हुने र चिताएको कुरा पुरा हुने जनविश्वास छ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



