बाक्सिलामा आगलागी,एक घर जलेर नष्ट हुँदा पन्ध्र लाख बराबरको क्षती
खोटाङ/ केपिलासगढी गाउँपालिका-४ बाक्सिलामा आज राती आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । ब्रोइलर कुखुराको चल्लालाई तातो दिन बालिएको कोईला र विजुलीको रातो चिमबाट आगो सल्किदा किशोर राईको घर जलेको हो ।
आगलागीमा तीन तले घर सँगै घरमा राखिएको दुई तोला सुन, चार तोला चाँदी, ब्रोइलर कुखुराको १५ वटा चल्ला, अन्नपात, भाँडावर्तन, काठपात, लत्ताकपडा लगायत जलेर नष्ट हुँदा अनुमानित १५ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिए ।
ब्रोइलरको चल्लालाई घरकै एउटा कोठामा राखेर तातो दिने क्रममा आलगागी सुरु भएको थियो ।आगलागीपछि भाग्ने क्रममा राईकी भान्जी १५ वर्षीय सरिता तामाङको लडेर अगाडिको दुई वटा दाँत र बायाँ हात भाँचिएको प्रहरीले जनाएको छ ।
घाइतेलाई स्थानीय क्लिनिकमा सामान्य उपचार गरेर तत्काल काठमाडौं पठाइएको छ । सरिता सुतिरहेको अवस्थामा आगलागी सुरु भएपछि अत्तालिएर भाग्ने क्रममा लडेर घाइते भएको बाक्सिला फुटबल क्लवका अध्यक्ष शिब राईले बताए ।
अग्नी पीडितलाई तत्कालै क्षतीको आधारमा आर्थिक तथा बन्दोवस्तीका सामान उलपव्ध गराउने तयारी गरिएको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बताए ।
आगो ईलाका प्रहरी कार्यालय बाक्सिलाका प्रहरी नायब निरिक्षकको कमाण्डामा खटिएको प्रहरी र स्थानीयबासीले राती २ बजे आगो नियन्त्रणमा लिएका थिए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



