बोलेर नी मन खुसी छैन
शुक्रबार पछि शनिबार आए झैँ
हुरहुरी तिम्रा यादहरु हुल बाधिएर आउँदा
आज बिदा मिलाएर तिमी आउन मिल्दैन र?
तिम्रो पर्खाइमा थाकेका यी नयन
घरी यता बटारिन्छन्
घरी उता बटारिन्छन्।।
कि तिम्रा याद मलाई अनुमति लिएर आउन
होइन भने यो शनिबार कटाउन हम्मे पर्छ मलाई
चिसो मौसम
तिम्रो न्यानो अंगालोको अभाव
जति खटकिन्छ नी
त्यति नै अहिले कफीको खटकिदै छ।
घण्टौं बोलेर नी नसकिएका गफ
अझै भेट्न अनि देख्नलाई आतुर मन
खोइ भाग्य लेख्ने भावी किन निष्ठुरी बन्यो।
हाम्रै भाग्य लेख्ने बेला बत्ती निभे झैँ
कर्याङ कुरुङ कोर्दी गयो।।
तिमी संग बोलेर नी मन खुसी छैन।
किन कि आज शनिबार
हरेक हप्ता शनिबार आए झैँ
तिमी आउन मिल्दैन र?
अनिता प्रकृति
ठेगाना संखुवासभा
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



