करोडौंको खानेपानी आयोजना बन्द खानेपानीको हाहाकार
दिनराज कार्की /
खोटाङको रसुवाघाट–कालापानी लिफ्टिङ खानेपानी आयोजना एकवर्षदेखि बन्द छ । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका खोटेहाङ गाउँपालिका– लिच्कीराम्चेस्थित कालापानीका स्थानीयवासी ढिलै भए पनि आफ्नो गाउँमा लिफ्टिङ खानेपानी आयोजना भएपछि हर्षित भएका थिए । तर कहिले बेलामा विद्युत् महसुल बुझाउन नसक्दा त कहिले उपकरण बिग्रँने समस्याका कारण खानेपानीको समस्या ज्यूँ का त्यूँ छ ।
वि सं २०७२ चैत ११ गते शिलान्यास गरेर पाँच वर्षपछि सञ्चालनमा ल्याइएको रसुवाघाट–कालापानी खानेपानी आयोजना खोटाङकै पहिलो लिफ्टिङ आयोजना हो । साविकको लिच्कीराम्चे–७ का ११० घरलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त आयोजना विसं २०७७ पुस–११ गते हालका प्रदेश संसाद भुपेन्द्र राईले औपचारिक रुपमा उद्घाटन गरेका हुन् । नेपाल सरकार, खानेपानी तथा सरसफाइ मन्त्रालयको अनुदान तथा उपभोक्ताको रु ३६ लाख बराबरको श्रमदान गरी रु एक करोड ८० लाखमा सञ्चालन गरिएको लिफ्टिङ खानेपानी आयोजना एकवर्षदेखि बन्द छ । खानेपानी अभावमा बसाइँ सर्नुपर्ने बाध्यतामा रहेका कालापानीबासीका लागि सुरुका केही दिन लिफ्टिङ खानेपानी आयोजनाले राहत मिलेको थियो । तर कहिले बेलामा विद्युत् महसुल बुझाउन नसक्दा त कहिले उपकरण बिग्रँने समस्याका कारण उहि पुुरानै समस्या भोगिरहेका छन् ।
कालापानीका स्थानीय चुहार पँधेरा, मानेखोला पधेरा, र खारखोला पधेराबाट दुई घण्टा हिडेर खानेपानी उपभोग गर्न बाध्य छन् । एउटा लिफ्टको मोटर चलाउने पाइनल बोर्ड बिग्रेका कारण खानेपानी आयोजना बन्द भएपछि समस्या भएको छ । गतबर्ष प्रदेश खानेपानी आयोजनाबाट बिनियोन भएको सात लाख खर्च गरेर सञ्चालनमा ल्याएको खानेपानी १५ दिनमै बिग्रियोे । यसवर्ष पनि प्रदेश को तर्फबाट ५ लाख बजेट बिनियोजन भएको छ । बाहिर बाट प्राबिधिक बोलाएर खानेपानी सञ्चालन ल्याउने तयारि भइरहेको आयोजनाका अध्यक्ष कर्णबहादुर राउतले बताए ।
खानेपानीको समस्या बिकराल चर्किएको कालापानीमा पम्पिङ प्रबिधिमार्फत १८ सय मिटर तल रहेको सुनकोसीको पानी गाउँमा निकाल्ने बिकल्प अघि सारिएको थियो । उक्त क्षेत्रमा अधिकांस विपन्न परिवारका मानिसको बसोबास रहेको छ । उनीहरुलाइ खानेपानी महशुल तिनसमेत हम्मेहम्मे छ । खानेपानी मशसुलको केही प्रतिशत स्थानीय सरकारले सहयोग गर्नु पर्ने स्थानीयबासीको माग छ । तर आयोजना नै स्थानीय उपभोक्तालाई जिम्मा लगाइ सकेपछि स्थानीयबासी आफैले बेहोनुपर्ने स्थाीय सरकारको तर्क छ ।
उक्त क्षेत्रमा २०७१ साल बाट सुरु भएको लिच्किराम्चे दिउ खानेपानी आयोजना पनि दशबर्ष सम्म सम्पन्न हुन सकेको छैन् । हालसम्म बाघे ढुंगा टयाङकी सम्ममात्र आइपुगेको छ । संघीय खानेपानी आयोजनाको अनुमानित ६ करोड रुपैया बजेटमा उक्त आयोजना सुरु गरिएको हो । स्थानीय सरकारले यसबर्ष सात लाख बजेट छुटाएर ठाउँठाउँमा पाइप जोडी आवश्यक ठाउँमा पानी पु¥याएको छ । अझैपनि पाइपको कारण योजना सञ्चालित नहुँदा प्रत्येक टोलमा खानेपानी पुग्न नसक्दा खानेपानीको हाहाकार छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



