खार्मीमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा ४७७ जना सेवाग्राही लाभान्वित
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा आयोजना गरिएको एक दिने एकीकृत घुम्ती शिविरमा ४७७ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन् । नगरपालिका, जिल्ला प्रशासन कार्यालय र बालसेवा समाज नेपालले खार्मीमा सोमबार संयुक्त आयोजना गरेको शिविरमा ९५ जना जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचयपत्र, ४० जनालाई नागरिकता प्रदान गर्न सिफारिस सङ्कलन, ४२ जनाको मृगौला परीक्षण, ११ जनालाई अपाङ्गता परिचयपत्र वितरण, ४९ वटा कुकुरालाई रेबिज भ्याक्सिन, सात जना कृषकको माटो परीक्षण तथा २३३ जना कृषकलाई पशुचौपायका लागि आवश्यक पर्ने औषधि वितरण गरिएको हो ।
नगर प्रमुख तीर्थराज भट्टराईले ब्यानर पढेर तथा उपप्रमुख विशन राईले शारीरिक अपाङ्गता भएका ६५ वर्षीया कृतिमायाँ राईलाई ९ जनालाई ख० वर्गको अपाङ्गता परिचयपत्र हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको शिविरमा स्थानीय जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्का, नगरपालिकाका लेखा अधिकृत राजकुमार राई, विषयगत शाखाका प्रमुख, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
खार्मीस्थित कालिका माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको शिविरमा स्थानीय सेवाग्राहीको उत्साहपूर्ण सहभागिता रहेको खार्मीका वडाध्यक्ष ईखबहादुर राईले जानकारी दिए ।
नागरिकलाई स्थानीय सरकारको महसुस गराउनेगरी नगरपालिकाका १५ वटै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने तयारी गरिएको नगरप्रमुख भट्टराईले जानकारी दिए । “हामी जनताका प्रतिनिधि हौँ । उनीहरुलाई स्थानीय सरकारको सेवा प्रत्याभूत हुने गरी सेवा प्रवाह गर्ने प्रयत्न गरिरहेका छौँ”, नगरप्रमुख भट्टराईले भने, “नागरिकलाई घरघरमा सेवा पु¥याउनेगरी शिविरलाई निरन्तरता दिने योजना छ ।
खार्मी लगत्तै क्रमशः अन्य वडाहरुमा शिविर सञ्चालन गर्छौँ ।” शिविरमा सहभागी स्थानीय बासिन्दाले आफ्नै गाउँमा आएर सेवा दिने नगरप्रमुख भट्टराई तथा उपप्रमुख राईसहित सेवा प्रदायक कार्यालय एवम् संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई फूलमालाले स्वागत गरेका थिए । उनीहरुले आफ्नै गाउँ तथा ठाउँमा सेवा लिन पाएकामा आयोजकलाई धन्यवादसमेत व्यक्त गरेका छन् ।
एकीकृत घुम्ती शिविरमा सहभागी नागरिकबाट उनीहरुको रायसुझावसँगै गुनासाहरुसमेत सङ्कलन गरेर सम्बोधन गर्ने योजनाका साथ आफूहरु लागिपरेको नगर उपप्रमुख राईले जानकारी दिए । “स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग नागरिकको अथाह अपेक्षा रहेको छ । सबै अपेक्षाहरु पूरा गर्न सकिने अवस्था छैन । तर, उनीहरुको दैनिकीसँग जोडिने कतिपय समस्याहरु तत्कालै हल गनुपर्ने अवस्थाहरु हुन्छन्”, उपप्रमुख राईले भने, “नगरपालिकाले तत्कालीन र दीघकालीन योजनाहरु बनाएर अगाडि बढेको छ । क्रमशः नागरिकको अपेक्षा पूरा गर्दै अगाडि बढ्छौँ ।”
अशक्त अवस्थाका कतिपय सेवाग्राहीलाई भने उनीहरुका आफन्तले पिँठ्युमा बोकेर शिविरमा ल्याएर सेवा दिलाएका थिए । शिविरमा सङ्कलन गरिएका नागरिकताको सिफारिस जिल्ला लगेर नागरिकता बनाएपछि पुनः वडामा लगेर वितरण गर्ने प्रमुख जिल्ला अधिकारी सुनारले बताए । “हामीसँग जनशक्ति प्रयाप्त छैन । शिविरमा सङ्कलन भएका सबै सिफारिस कार्यालयमा लान्छौँ । कार्यालयमा लगेर प्रिन्ट गरेपछि पुनः वडामा पठाउँछौँ”, प्रजिअ सुनारले भने, “तपाईहरु ढुक्क हुनुहोस् । १६ वर्ष उमेर पुगेका सबै नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्नेगरी हामी खटिएका छौँ ।”
खार्मीमा आयोजना गरिएको एकीकृत घुम्ती शिविरको अवधि थोरै भएकाले सबैले सेवा लिन नपाएको स्थानीय बासिन्दाले गुनासोसमेत गरेका छन् । युएनडिपीको आर्थिक सहयोगमा बालसेवा समाज नेपालद्धारा सञ्चालित ‘कसैलाई पछाडि नपारौँ’ कार्यक्रमको समेत सहयोग रहेको शिविरमा कतिपय सेवाग्राहीको निवेदनमात्र सङ्कलन गरेर लगिएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



