थापागाउँ–सामातुङ–पाँचगरे सडक शिलान्यास
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङस्थित सामातुङ पाँचगरे सडक स्तरोन्नतीको लागि शिलान्यास गरिएको छ । सामातुङ घर भइ हाल युकेमा रहेका लाहुरे, पूर्वलाहुरे तथा उनीहरुका परिवार र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा चार किलोमिटर लम्बाई भएको सडक स्तरोन्नतीको शिलान्यास गरिएको हो ।
हाल युकेमा रहेका २७ जना सामातुङ्गेबाट प्राप्त भएको १६ लाख ७७ हजारमा सामातुङ पाँचगरे सडक स्तरोन्नतीको काम सुरु गरिएको श्रम समितिका संयोजक एबं पूर्ववडाध्यक्ष ललितकुमार राईले बताए । हाल ३ मिटर फराकिलो रहेको सडकलाई ६ मिटर फराकिलो बनाउनेगरी स्तरोन्नतीको काम थालिएको हो । करिब ३२ लाखको लागतमा सडक स्तरोन्नतीको काम पूरा हुने श्रम समितिले जनाएको छ ।
२०७६ सालमा एक लाखमा ट्याक खोलिएको सडक स्तरोन्नतीका लागि नगरपालिकाले १० लाख दिने आश्वसन दिएको छ । वडा कार्यालय बाम्राङबाट दुई लाख ५० हजार प्राप्त भएको श्रम समितिका संयोजक राईले जानकारी दिए । सडक फराकिलो बनाउने, ड्रेन हाल्ने, हिलो हुने क्षेत्रमा कजवे राख्ने, आरसिसि ढलान गर्नेगरी स्तरोन्नतीको काम थालिएको हो ।
युकेमा रहेका वडाबासी, नगरपालिका र वडाकार्यालयबाट प्राप्त भएको रकमले इन्धन खरिद गरेर जेसिभि र डोजर चलाउने, आवश्यक उपकरण खरिद गर्ने व्यवस्था मिलाइएको संयोजक राईले बताए । जेसिभि र डोजरले गर्ने वाहेकका कामका लागि सामातुङ र थापागाउँका ७९ घर स्थानीयले कम्तीमा १०/१० दिन श्रमदान गर्नेछन् । सडक स्तरोन्नतीको कामबाट बचेको रकमलाई अन्य क्षेत्रमा खर्च गर्ने तयारी गरिएको छ ।सडक स्तरोन्नतीका लागि पुस १० गते र पुस ११ गते नगरपालिकाले जेसिभि उपलव्ध गराएको छ । आफ्नो जन्मथलोको सडक स्तरोन्नतीका लागि पूर्वयुके लाहुरे कुमार राईको पहलमा सहयोग रकम संकलन गरिएको हो ।
शिलान्यास कार्यक्रममा पूर्वलाहुरे राईले संकलित रकम मध्ये १४ लाख नगरप्रमुख भट्टराईमार्फत उपभोक्ता समितिलाई हस्तान्तरण गरेका छन् । बाँकी रकम केही समयपछि हस्तान्तरण गर्ने राईले बताए । पूर्वलाहुरे राईको पहलमा न्युनतम १६ हजारदेखि एक लाखसम्म सहयोग उठाइएको थियो । सडक शिलान्यास कार्यक्रममा नगरप्रमुख भट्टराई, उपप्रमुख राई, बाम्राङका वडाध्यक्ष महेन्द्र राई, पूर्वयुके लाहुरे कुमार राई, क्याप्टेन केदार राई लगायतले मन्तव्य राखेका थिए
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



