रसुवाघाट पान्धारे सडक अलपत्र

दिनराज कार्की ।
खाेटाङ, सुवाघाट पान्धारे सडक आयोजना सडक अलपत्र परेको छ । कोशी प्रदेश सरकारले बहुबर्षे आयोजना कटौती गर्दा खोटाङ रसुवाघाट पान्धारे कालोपत्रे १५ किलोमिटर सडक अलपत्र भएको हो । कोशी सरकारले प्रदेशका सबै बहुबर्षे आयोजना कटौती गर्दा रसुवाघाट पान्धारे सडक कालोपत्रे  निमार्ण हुनु पर्ने सडक अलपत्र परेको हो ।

खोटाङको खोटेहाङ गाउँपालिका रसुवाघाट बाट भोजपुरको पान्धारे प्रन्ध्र किलोमिटर सम्मको कालोपत्रे हुने सडक कोशि प्रदेश  सरकारको निर्णयले बहु बर्षे आयोजना कटौति गरेको थियो । गत आर्थिक बर्ष ७९÷८०  कोशी प्रदेश अर्थ मन्त्रालयबाट बहुबर्षे योजना अन्तर्गत चार करोड  बजेट बिनियोजन भएको थियो । प्रदेश सरकार हेरफेरको कारणले प्रदेशमा रहेको बुहबर्षे आयोजना प्रदेश सरकारले रद्द गर्ने निणर्य गरेको थियो । गत आर्थिक बर्ष ७९÷८० भौतीक पुर्वधार कार्यालय गाइघाट उदयपुर गत आर्थिक बैशाख २८ खरिद प्रक्रिया योजना कार्यान्वयन गर्नु भनी मन्त्रालयले कार्यालय बाट सूचना आएर  रोकिएको थियो । गत आर्थिक बर्ष ७९÷८० जेठ ३० गते कोशी सरकारले बहुबर्षे आयोजना रद्द गर्ने निणर्यका कारण हाल यो सडक अलपत्र भएको हो । सडक कालोपत्रे बन्ने स्थानीयबासीको आशा निरासामा परिणत भएको छ ।

हाल अहिलेको नयाँ सरकारले प्रदेश मन्त्रालय बाट २०८०÷८१ बजेट दुई करोड बिनियोजन गरेको छ । पहिला बहुबर्षे योजना कोशी प्रदेशले बन्द गर्ने निणर्य अदालतमा मुद्दा परेको कारणले अदालतले कार्यान्वयन गर्नु स्टेअडर गरिसेको छ ।  पुर्ण फैसाला आउँन बाँकी रहेको छ । पुर्ण फैसला नभई पछि हाल छुटिएको दुई करोड बजेटको ठेक्का आह्वान गर्नु मिल्दैन् ।  २०६८ सालमा सुरुवात भएको  रसुवाघाट पान्धारे सडक अहिले डिपिआर भएर अलपत्र छोडिएको छ । एम्बुलेन्ससम्म जान सक्ने अवस्था नहुदा स्थानीयले सास्ती बेहोर्नुपरेको छ ।

खोटेहाङ गाउँपालिकाको भाग्य र भबिष्य जोडने सडक राजननितिक किचलोका कारण प्रदेश सरकारमा हेरफेर हुने भएको कारण रसुवाघाट पान्धारे सडक अलपत्र परेको छ ।संघीय सरकार र प्रदेश सरकारले चासाको साथ हेरिनु पर्ने स्थानीय सरकारको माग छ ।

रसुवाघाट पान्धारे सडक कालोपत्रे  निमार्ण हुँदा खोटाङका दक्षिणी भेगका नागरिकलाई पुर्व सहर ईटहरी,धरान, बिराटनगर आवतजावत सहज हुने देखिन्छ । सडक योजना अलपत्र, एम्बुलेन्स गुड्नै मुस्किल रहेको छ ।