खोटाङमा ४८ औँ मेलमिलाप दिवस वि.पि. स्मृति भवनमा भव्य साथ सम्पन्न
खोटाङ ÷दिक्तेल विपि स्मृति भवनमा ४८ औँ मेलमिलाप दिवस भव्य साथ मनाइएको छ । मेलमिलाप दिवसको अवसरमा जननायक स्वार्गीय विपि कोइराराले खेलेको भुमीकालाई स्मरण गर्दै नेपाली कांग्रेस नगर कार्यसमितिले मेलमिलाप दिवस मनाएको हो ।
बैदेशिक हस्ताक्षपबाट देश जोगाउ वि.पि कोईरालाले २०३३ साल पुस १६ गते दिन तत्कालीन राजाबीरेन्द्र लगायत देशका सबै दलसँग राष्ट्रिय एकता तथा मेलमिलाप अवधारण बढाएको थियो । सोही सन्दर्भमा नेपाली कांग्रेस हरेक बर्ष मेलमेलाप दिवस मनाउँदै आएको कार्यक्रममा सभापति प्रकाश श्रेष्ठले बताउनु भयो ।
जवजव देशमा अन्तराष्ट्रिय हस्ताक्षेप बढछ त्यतिबेला आन्तरिक मतभेद थाती राखेर सबै देशभक्त नागरिकले एकजुट हुनुपर्ने निती वि.पि कोईरालाले अवलम्वन गर्नु भएको हो । विपिले गाउँमा सानो झुपडी, एउटा दुहुनु गाई, गाउँमै स्वास्थ्य चौकी र एक समुदाय एक बिद्यालयको अवधारण ल्याउनु भएको थियो ।
गाउँको बिकास र समृद्धिका लागि काठमाण्डौ केन्द्रीत नेताहरुले दृढसंकल्पका साथ गाउँ गाउँमा संगठनमा लाग्नुपर्ने नगर सभापति श्रेष्ठको बताए ।
कार्यक्रममा प्रमुख अतिथि पार्टी उपसभापति तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर तिर्थराज भट्टराईले अहिले व्यवस्था माथि नै आक्रमण हुन थालेको भट्टराईले बताए । मेलमिलाप दिवसको अवसर पारेर हरेक नागरिकको समस्या गुनासो बुझदै त्यसको निराकरण तर्फ लाग्ने र गाउँबिकासको लागि नागरिकहरु सँग मेलमिलाप गर्दै अगाडी बढने भट्टराईले बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य सुमन आचार्य, महाधिबेश प्रतिनिधि डिलिकुमारि अाचार्य , क्षेत्रीय सभापति दिनेश घिमिरे, नेवीसंघ सभापति मोतीचन्द्र राई लगायत नेता कार्यक्रर्ताको उपस्थिती रहेको थियो । कार्यक्रम तरुण दल सभापति काजीमान राई सञ्चालन गरेका थिए । नेपाली कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगर कार्य समितिले आयोजनामा सम्पन्न भएको हो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



