जिल्ला प्रहरी खोटाङद्धारा नागरिक सुनुवाई कार्यक्रम
खाेटाङ, जिल्ला प्रहरी कार्यालय खोटाङले नागरिकको गुनासो र सुझाव संकलन गर्ने उद्देश्यले नागरिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङको प्राङ्गणमा सामुदायक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनाई कार्यक्रम गरिएको हो ।
गुनासो व्यवस्थापन लागि खोटाङ प्रहरीले कार्यालयले प्रदान गर्दै आएको सेवा, प्रहरीले खेल्नेपर्ने भुमीका तथा जनताले अनुभूती गर्ने गरी प्रहरीको सेवालाई प्रभावकारी बनाउन जनताको गुनासो सुन्नका लागि नागरिक सुनुवाई कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
कार्यक्रममा जेष्ठ नागरिक संघ अध्यक्ष दुर्गा प्रसाद घिमिरेले सवारी साधनको स्पीटलाई कम गर्न बनाइएको स्पीट ब्रेकर बढी र अग्लो हुदा दुर्घना जोखिम बढेकाले यसलाई प्रहरीले न्युनिकरण गर्नु प्रहरीको ध्यानाकर्षण गराएका छन् ।
खोटाङ उद्योग बाणिज्य संघ अध्यक्ष राजन प्रसाद आचार्यले जिल्ला भित्रने बिभिन्न खालका समान बिल बिजक बिना ल्याउने, गुणस्तर हिन सामानले नागरिक ठगिएकोले यसलाई रोकन लागि स्थानीय सरकार सम्बन्धीत निकायको ध्यान जानुपर्ने बताए ।
यस्तै कार्याक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख गिता दाहालले जिल्ला आत्मा हत्याको घटना बढिरहेको र आत्माहत्या गराउँन बाध्य गराउने लाई पनि कारबाहीको दायरामा ल्याउनु पर्ने कुरा राख्नु भएको थियो । म्याद गुज्रेको सामान गाउँ गहिरहेको हरेक नागरिको स्वास्थ्यमा खेलवाड भईरहेकोले उपभोक्ताको स्वाथ्यमा ख्याल गर्दै अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
नागरिक सुनुवाई कार्यक्रमले प्रहरी र नागरिकको सम्बन्ध राम्रो हुने भएकाले नागरिक सम्बन्ध राम्रो बनाउन प्रत्येक पालिका पुगेर नागरिक सुनुवाई कार्यक्रम मार्फत आएको गुनासो सहितको सल्लाह र सुझावलाई कार्यान्वयन गर्ने डिएसपी पुरूषाेतम खडकाले बताउनु भयो ।
कार्यक्रमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख तिर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी नायब उपरिक्षक पुरूषाेतम खडकाले उठेका सवलाको बिषयमा हाका हाकी उत्तर दिएका थिए । कार्यक्रम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख तिर्थराज भट्टराई प्रमुख अतिथ्यतामा सम्पन्न भइएको हो ।कार्यक्रममा विभिन्न सराेकारवाला निकाय नागरिक संघ संथाका प्रतिनिधि उपस्थित रहेको थियाे ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



